• ४ वैशाख २०८२, बिहिबार

नारायणीमा डुबेर दिदीभाइ बेपत्ता

blog

दिदिभाइ नारायणीमा बेपत्ता भएपछि खोज्दै स्थानीय ।

बोमलाल गिरी

नवलपुर, चैत २७ गते । नवलपुरको गैडाकोट नगरपालिका–१ ब्रिटिश पेन्सन क्याम्पनजिकै नारायणी नदीमा बेपत्ता भएका दिदीभाइ अझै फेला परेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार मंगलबार साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैडाकोट –१ ब्रिटिस क्याम्प निवासी १३ बर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ बर्षीय भाइ स्वप्निल सेर्पुञ्जा नदीमा डुबी वेपत्ता हुनु भएको हो । 

नारायणी नदी किनारमा ६० बर्षीया हजुरआमा सुनमाया कुमालसँग खेल्न गई फर्कने क्रममा हजुरआमाको चप्पल नारायणी किनारमा छुटेकाले चप्पल लिन जाँदा पहिला भाइ र पछि दिदी नदीमा डुबी वेपत्ता भएको प्रहरीले जनाएको छ । 

दीक्षा र स्वप्निल स्थानीय नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ र ४ को वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । वेपत्ता दिदीभाइको खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक नेपालले बताउनुभयो ।