गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशाङ्क मैनाली पनि जोडिनुभएको छ । अभिनेता मैनाली चलचित्रमा पनि मुख्य भूमिकामा देखिने हुनुभएको हो । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेक अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा बताउँछ ।
चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्दै हुनुहुन्छ भने उहाँको यो पहिलो निर्देशन पनि हो । चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन् । मुख्य अभिनेतृमा केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ ।
चलचित्रको छायाङ्कन चैत २५ गतेदेखि पाल्पा र काठमाडौँमा गरिने निर्माण पक्षले जनाएको छ । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो ।