काठमाडौँ, चैत ४ गते । सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१ सुोमबारदेखि सुरु भएको छ । हल्चोक स्वयम्भुमा सुरु भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थिती बाहिनी मुख्यालयहरू र उपत्यकास्थित बाहिनी मुख्यालयका खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेल समावेश गरिएको प्रतियोगितामा ६ सय १३ जना खेलाडीहरू सहभागी रहेका छन् । प्रतियोगिता चैत्र ८ गतेसम्म सञ्चालन हुने छ ।