ढोरपाटन ताकेर निस्केका थियौँ सुर्खेतबाट । बुर्तिबाङबाट साढे दुई घण्टामा ढोरपाटन पुगिन्छ भन्ने खबर पायौँ । बुर्तिबाङदेखि माथि पूरै कच्ची बाटो रे । पाती हाल्नेको चिया गफमा जति नै अबेला भए पनि ढोरपाटन पुगेरै छाड्ने सहमति जुट्यो हामीबिच । जाजरकोटको रिम्नामा खाना खाएपछि कतै रोकिएका थिएनौँ । पुरुष टोलीहरूबाट छिन छिनमा बाटोको डिलतिर या झाडी छिचोल्ने काम भइरहन्थ्यो मात्रै । महिला साथी र शौचालय नपाएपछि आफू त कान्छी औँला च्यापेर दिनभरि गाडी मै । कुनै दिन साथी सुलोचनाले यो मन्त्र सिकाएकी थिइन् ।
पाती हाल्नेमा आइपुग्दा थकाइको महसुस भयो । पछिल्लो गाडीमा सवारसँग मोबाइलमा कुरा गरी यहीँ एकछिन चिया पिएर सुस्ताउने सल्लाह भयो । गाडीबाट बाहिर निस्किँदा चिसो हावा चलिरहेको थियो । मलाई त कान्छी औँला च्याप्दा च्याप्दा धैर्यताको बाध फुट्नै लागिसकेको थियो । त्यहीँ चर्पीको आवश्यकता पूरा गरेँ । हात धुन आउँदा पानीको धाराबाट यत्रतत्र उछिट्टिने पानी जमिसकेको थियो । यसको मतलब यहाँको तापव्रmम माइनस भएको अनुमान लगाउन गाह्रो भएन । पानीमा हात हाल्ने आँट पनि आएन । औँलाको टुप्पा भिजाउँदै फर्किंए ।
मध्यपहाडी राजमार्गको चर्चा निकै सुनिन्थ्यो । यो बाटो हुँदै जान पाए भन्ने पहिलेदेखि नै लागेको थियो । हाम्रो पूर्वनिर्धारित योजना मुताबिक यही बाटो तय ग¥यौँ । कुनै कुनै ठाउँमा बाहेक बाटो राम्रो बनेको छ । यो बाटोले दुरी पनि निकै छोट्याएको छ । निस्फिव्रmी गाडी गुडाउन पाइन्छ । बाटोमा दोहोरो गाडी नै नभेटिने । एक्लै जति सक्दो कुद्दा हुने । यस राजमार्गलाई पुष्पलाल लोकमार्गका नामले पनि पुकारिन्छ । यो राजमार्ग पूर्व पाँचथरको चियोभन्ज्याङ भन्ने ठाउँबाट सुरु भएर पश्चिम बैतडी जिल्लाको झुलाघाटसम्म लम्बिएको छ । आयोजना सुरु गर्दा पूर्वपश्चिम लम्बाइ एक हजार ७७६ किलोमिटर हुने अनुमान गरिएको भए तापनि अहिले यसको लम्बाइ एक हजार ८७९ किलोमिटर पुगेको छ । अझै यसको लम्बाइ बढ्न सक्ने अनुमान पनि छ । यो राजमार्गमा पर्ने सुनकोशी र बुढीगण्डकी आयोजनाका कारण नेपालथोकदेखि गोरखाको पालुङटारसम्मको अलाइनमेन्ट परिवर्तन गर्दा दुरी बढेको छ । राजमार्ग सुरु हुनुअघि नै केही बाटो बनिसकेको थियो । यसैलाई निरन्तरता दिएर यो लोकमार्गको ढाँचा निर्माण गरिएको हो । यो योजना तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको रेखाङ्कन हो । उहाँ प्रधानमन्त्री हुँदा यो मार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुभएको थियो ।
आर्थिक वर्ष २०६४/६५ बाट निर्माण सुरु भएको यो राजमार्ग २०८० सम्ममा सक्ने लक्ष्य थियो । तर २०८१ सालको अन्त्यतिर आउदा पनि निर्माण सम्पन्न भएको छैन । केही खण्डमा काम हुँदै छ । काम सुरु भएको अहिले १४ वर्ष भयो । यो अवधिमा जम्मा ५८ प्रतिशत मात्रै काम पूरा भएको छ । केन्द्रबाट काममा प्रभावकारिता आएन भनेर मुलुकका धेरै ठाउँ (पाँचथर, काभे्र, गोरखा, पर्वत र दैलेख) मा यसका कार्यालय खडा गरिएका छन् । कामको सबै जिम्मा सम्बन्धित क्षेत्रमा रहेका कार्यालयलाई नै छ । यो लोकमार्गले मुलुकका २६ जिल्लालाई जोड्दै गएको छ । योजनाका लागि करिब ४३ अर्बको हाराहारीमा खर्च भइसकेको छ । यसबाट एक करोड जनसङ्ख्या लाभान्वित हुने लक्ष्य परियोजनाको छ ।
यही राजमार्ग हुँदै पाती हाल्ने पुग्दा दिन ढलिसकेको थियो । पानी ढलोमै बनाइएको एउटा घरबाट धुवाँ पुत्ताइरहेको देखियो । एक जना बहिनी ढोकामा निस्किन् । मैले सोधेँ, बहिनी चिया खुवाउनुहुन्छ ? उनले सहजै जवाफ दिइन्, हुन्छ ? फेरि सोधेँ, दुधको चिया ? उनले हुन्छ भनेपछि हामी भित्र पस्यौँ । मैले फेरि सोधेँ, के को दुध हो ? निसी खोलाबाट भैँसीको दुध आउँछ क्या रे, त्यसैको त हो पकाउने । ठुलो फलामको आगो नदेखिने भाँडोको माथि पानीको ठुलै भाँडो बसालिएको थियो । भाँडोको डिल डिलबाट बाफ निस्किरहेको थियो । तातो पानीको सायद । त्यही ठुलो फलामको भाँडोभित्र दाउरा हालेर आगो बालिएको रहेछ । फलाम तात्तिएर कोठालाई पनि निकै तातो बनाएको थियो भने पानीको बाफले कोठालाई आद्रता । होटलवाली बहिनीले त्यही फलामे चुलोको छेवैमा कुर्सी राखिदिँदै बस्न इसारा गरिन् । हामी सात वटा दुध चियाको अपिल गरी त्यही फलामे चुलोमा हात सेकाउन बस्यौँ ।
साहुसाहुनीहरूले मासु काट्ने काम गरिरहेका रहेछन् । चुलोको अर्काेतिर भुइँमा दुवै जना लोग्ने स्वास्नी मासु काट्न बसे । मासुको लुर्कन बनाउँदै थिए । लुर्कन बनाएको देखेर सुकुटीका लागि हो भन्ने अनुमान लगाउन गाह्रो भएन । छेवैमा एउटा भोटे कालो कुकुर र एउटा बिरालो पनि बसिरहेका थिए । कुकुर मस्त सुते जस्तो गरी पल्टेको थियो । बिरालो भने मासु हेरेरै बसेको थियो तर माग्ने कराउने गरेको थिएन । कुनै कुनै बेला हातले ट्याप ट्याप मासुलाई हान्थ्यो र तान्ने प्रयास गथ्र्याे तर तान्न सक्दैनथ्यो । साहुले यसो हात देखाउनेबित्तिकै आँखा चिम्लिएर अर्काेतिर मोडिन्थ्यो । मैले सोधेँ, मासु के को हो ? साहुले सहजै जवाफ दिए, भेडाको । त्यसो भए यहाँ सुकुटी पनि पाइन्छ होला ? उनले भने पाइन्छ नि । भेडा र राँगाको दुवैथरीको सुकुटी पाइन्छ । कति पर्छ किलो
को ? उनले भने, भेडाको पाँच हजार र राँगाको तीन हजार किलोको, छाला बोसो हड्डी केही नभएको निख्खर मासु ।
मलाई सुकुटीको कुराले लोभ्यायो । देखाउनका लागि अनुरोध गरेँ । साहु साह्रै फुर्तिला थिए । एकै छिनमा उठेर सुकुटीको बोरा नै हाम्रो अगाडि तेस्र्याए । भित्र हेरेँ, त्यति राम्रो सुकेको त रहेनछ । चमसुको मात्रै काटेर टुव्रmा टुव्रmा पारेर बोरामा राखेको । सोधेँ, किन राम्रोसँग सुक्न नदिएको ? जवाफमा भने, राम्रो
सुकायो भने त काट्नै गाह्रो, पकाउनै गाह्रो, टोक्दा पनि
टोकिन्न, यतिको बनायो भने धेरै राम्रो हुन्छ । सुकुटीबारे धेरैथोरै ज्ञान त मलाई पनि थियो तर यसबारेमा टीकाटिप्पणी गर्नु उचित ठानिन । भेडाको सुकुटी आधा किलो जोख्न लगाएँ । पाती हाल्नेको नासो स्वरूप ।
चुलोको सँगै रहेको खुट्टे खाटमा आँखा गयो । सानी नानी मोबाइलमा कुन्नि के हो हेर्दै थिइन् । उनी टुव्रmुक्कै बसेकी थिइन् । आफ्नै तालमा व्यस्त थिइन् । त्यहाँ को आयो, को बस्यो, कसले के गरिरहेको छ, उनलाई कुनै कुराको प्रवाह थिएन । उनी आफ्नै मोबाइलमा व्यस्त थिइन् । देखेँ, उनको मोबाइल त त्यही काटेको भेडाको टाउकोमा अड्याइएको रहेछ । भुत्ला पोलेर कालो भएको टाउकोमा मोबाइल अड्याएर हेर्दै थिइन् । मलाई अनौठो लाग्यो । फोटो लिन मन लागेको थियो तर बच्चाको तस्बिर लिन हिचकिचाएँ । हामीले अनौठो मानेर उनलाई निकैबेर हे¥यौँ । हेर्दै माया लाग्दी ।
नानु भनेर बोलाए । उनले मलाई सुनिनन् । साहुनीलाई सोधेँ, छोरी हुन् ? उनले हुन् भन्ने हेतुले टाउको हल्लाइन् । नानीको नाम सोधेँ, बिस्मिता रे, मैले नानीलाई बोलाएँ, बिस्मिता ... बिस्मिता ... । उनले फेरि पनि सुनिनन् । आमाले अलि ठुलो स्वरमा ए काली, भनेर बोलाइन् । उनले त भन्ने बित्तिकै सुनिन् र पुलुक्क हेरिन् । मैले नानीलाई नै सोधेँ, मोबाइलमा के हेरेको ? उनको ध्यान मोबाइलमै केन्द्रित थियो, कुनै पनि प्रतिव्रिmया देखाइनन् । फेरि पनि उनको आमालाई नै सोधेँ, यहाँ नेट चल्छ ? नानीले के हेरेको ? उनले भनिन्, नेट त चल्दैन । उसको बाउले उसका लागि भनेर निसी जाँदा भिडियो भरेर ल्याइदिन्छन् । त्यही हेरेर बस्छे । हामीलाई काम गर्न सजिलो ।
यत्रोबेर बसुन्जेल उनी टुव्रmुक्कै थिइन् । कुनै किसिमको गाह्रो अप्ठेरोको पीडा थिएन सायद । हामीले उनलाई सजिलो गरेर थचक्क बसेर हेर भन्यौँ । उनले हामीलाई सुनिनन् । त्यही भएका अर्का एक जना भाइले उनलाई थचक्कै बसाए । उनीबिना प्रतिव्रिmया बसिन् । उनको आँखा एकोहोरो मोबाइलमै थियो । हामीले पनि मध्यपहाडी लोकमार्ग नै पछ्यायौँ ।