जसले देख्यो, सुनौलो सपना, चार किल्ला तोडेर
उसैले उन्यो, इन्द्रेणी माला, सैयौँ फूल जोडेर
धर्तीको स्वर्ग, छैन कहीँ अन्त, नेपाल छोडेर
सपना जसको, सुन्दर साझा, फूलबारी बनाउने
रङ्गी र चङ्गी, सुवासित फूलले, स्वर्गझैँ सजाउने
जसले रच्यो, नेपालको नक्सा, सैयौँ देश जोडेर
धर्तीको स्वर्ग, छैन कहीँ अन्त, नेपाल छोडेर
नेपाली आत्मा, मिसायो जसले, हाम्रो यो रगतमा
नेपालको नामले, चम्किन्छ शान, सारा यो जगतमा ।
जसले भ-यो, नेपाली प्राण, लाखौँ मन जोडेर
धर्तीको स्वर्ग, छैन कहीँ अन्त, नेपाल छोडेर