• २९ माघ २०८१, मङ्गलबार

रुखबाट लडेर एकको मृत्यु

blog

रमेश रावत 

अछाम, माघ २९ गते । अछाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा १३ बाब्लाका ६५ वर्षीय निखिरा नेपालीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।

आफ्नै घरबाट करिब २०० मिटर टाढा रहेको बेडुलाको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते नेपालीलाई बयालपाटा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।