• २४ माघ २०८१, बिहिबार

भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला

blog

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १०स्थित भेरी नदीमा खसेर बेपत्ता भएकाको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं, माघ २४ गते । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १०स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भेरी नदीमा खसेर पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्तिको शव फेला परेको जानकारी दिनुभयो ।

अर्का १८ वर्षीय अर्जुन झाक्रीको भने खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । घर्ति र झाक्री मगर निमार्णाधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते नदीमा खसेका थिए ।

सशस्त्रका डिएसपी थापाले घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट छ जना गोताखोरसहितको टोली खोजी कार्यका लागि परिचालन भएको जानकारी दिनुभयो ।