• २० माघ २०८१, आइतबार

उद्यमशीलतासहितको उच्च शिक्षा

blog

तथ्याङ्कले तथ्य पेस गरिरहेको छ, ‘नेपालमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवाको सङ्ख्या न्यून छ ।’ कक्षा १२ उत्तीर्ण गरेर कलेजमा प्रवेश गर्नेहरूको तुलनामा नो अब्जेक्सन लेटर लिनका लागि लाइन लाग्नेको सङ्ख्या डरलाग्दो तरिकाले वृद्धि भइरहेको छ । यो सङ्ख्या सहजै ओरालो लाग्ने सङ्केत देखिँदैन । यसले एकातिर उच्च शिक्षा अध्यापन गराउने कलेज धमाधम बन्द हुने अवस्थामा पुगेका छन् भने अर्कातिर सिर्जनशील र दक्ष जनशक्तिको गन्तव्य विदेश हुँदा देशले दक्ष र योग्य जनशक्ति गुमाइरहेको छ । यो विकराल अवस्थाले सबैको टाउको दुखाइ रहेको त छ नै तर यसलाई कसरी उचित अवतरण गराउन सकिन्छ भन्ने बारेमा भने खासै गन्थन मन्थन भएको देखिँदैन । एकाध फोरममा यसका बारेमा चर्चा परिचर्चा भए पनि त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र जाँगर मर्दै गएको प्रतित हुन्छ । 

माध्यमिक तहको अध्ययनपश्चात् विद्यार्थीले उच्च शिक्षाका लागि देशमै रहेका कलेजलाई गन्तव्य नबनाउनुका अनेक कारण हुन सक्छन् । सैद्धान्तिक कुरामा मात्रै आधारित हाम्रो शिक्षा प्रणाली, अनेक सङ्गठनका नाममा हुने गरेका दूषित राजनीतिक गतिविधि, नियमित रूपमा नहुने परीक्षा र नतिजा प्रकाशन, बजार माग प्रतिकूलको पाठ्यव्रmमलगायत केही मूल कारण छन् । यस्ता कारणले केही सीमित प्रभाव पार्ने भए पनि अहिलेको जस्तो विकराल अवस्था ल्याउनका लागि यी कारण मात्रै पर्याप्त छैनन् । विदेशतिर दौडिरहेको अहिलेको पुस्तालाई देशमै रोक्ने बलियो आधार भनेको अध्ययन सँगसँगै उद्यमशीलता हो । अर्थात् विद्यार्थीले पढ्दै र पढेको कुरालाई उद्यमशीलतासँग जोडेर लैजान सक्यो भने यसले पक्कै पनि विद्यार्थीलाई स्वदेशमा रोक्नका लागि महìवपूर्ण भूमिका बहन गर्न सक्छ । हामीले विद्यार्थी भिसामा विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सोध्ने हो भने उसले दिने जवाफ “विदेशमा काम गर्दै अध्ययन गर्न सकिन्छ” भन्ने एकै खालको हुने गर्छ । विभिन्न समुन्नत देशले अँगालेको यो पद्धतिलाई हामीले अनुसरण गर्न नसक्नु नै अहिलेको विकराल अवस्थाको मूल कारण हो । 

कलेजहरू सिद्धान्त उत्पादन गर्ने कारखाना मात्रै होइन सिप उत्पादन गर्ने कारखाना पनि बन्न सक्नु पर्छ । पढ्नु भनेको ज्ञान मात्रै हासिल गर्नु, सैद्धान्तिक रूपमा अब्बल हुनु भन्नेमा व्यापक परिवर्तन आइसकेको छ । सिपबिनाको ज्ञानलाई आजको समयमा खासै महìव दिइँदैन । हामीले पाठ्यव्रmम परिवर्तन गरेर भए पनि अब विद्यार्थीलाई उद्यमशीलतासँग कसरी जोड्ने भन्ने बारेमा केही सुधार गर्नुपर्ने देखिन्छ । 

विश्वविद्यालयको आजको पाठ्यव्रmमले विद्यार्थीले अनिवार्य रूपमा काम गर्नैपर्ने भन्ने कुराका बारेमा खासै उल्लेख भएको देखिँदैन । केही सीमित प्राविधिक विषयमा इन्टर्नसिपको व्यवस्था गरिएको भए पनि विद्यार्थीलाई व्यावसायिक रूपमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था भने छैन । आजको पाठ्व्रmमले विद्यार्थीलाई उद्यमशीलता बनाउन सकिन्छ भन्ने कुराको परिकल्पना पनि गर्न सकेको छैन । इन्टर्नसिपको सीमितताबाहेक विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने गरी विश्वविद्यालयले कुनै पनि खालको योजना ल्याउन सकेका छैनन् । माध्यमिक तह पूरा हुँदासम्म विद्यार्थीले टिनएज पार परिसकेका हुन्छन् । टिन एज पार गरेको युवालाई हामीले फेरि पनि किताबी ज्ञानमा मात्रै सीमित गर्न खोज्दा खेरि नै अहिलेको परिणति आएको हो । सरकारले युवालाई उद्यमशीलतासँग जोड्नका लागि केही कार्यव्रmम ल्याएको भए पनि विभिन्न कागजी झन्झटले गर्दा त्यस्ता कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् । मूलतः विश्वविद्यालयले नै त्यस्ता कार्यक्रम सञ्चालनमा ध्यान दिनु पर्छ । 

 खासमा उद्यमशीलता जस्ता कार्यक्रम कलेजले नै सञ्चालन गर्नुपर्ने देखिन्छ । यस्ता उद्यमशीलताका कार्यक्रमले विद्यार्थीलाई कलेजमा पढेको कुरा व्यवहारमा लागु गराउने खालको हुनु पर्छ । उसले अध्ययन गरेको विषयसँग सम्बन्धित कुरामा कलेजले विद्यार्थीलाई काममा लगाउनु पर्छ । यसले विद्यार्थी ड्रप आउट हुन रोकिनुका साथै विद्यार्थीले आयआर्जनको बाटो पनि गतिलोसँग पहिल्याउन सक्छन् । अनि उनीहरूमा उद्यमशीलताको सोच विस्तारित हुँदै जान्छ । 

कलेजमा उद्यमशीलता कार्यव्रmम लागु गर्नका लागि मूल कुरा यसलाई पाठ्यक्रममा समावेश गर्नु पर्छ । हामीकहाँ विद्यार्थीलाई ज्ञान मात्रै सिकाउने काम गरिन्छ । जसले गर्दा विद्यार्थीले आफूले सिकेको कुरा कसरी व्यवहारमा लगाउने भन्ने कुराका बारेमा कुनै अत्तोपत्तो नै पाउँदैन । यस कारण उद्यमशीलताको आधारभूत सिद्धान्त, व्यावसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन र बजार रणनीतिका बारेमा विद्यार्थीलाई जानकारी दिनका लागि उद्यमशीलता कार्यव्रmम सञ्चालन गर्नु पर्छ । यसका साथै उद्यमशीलताका माध्यमबाट व्यावसायिक सफलता प्राप्त गरेका विभिन्न व्यक्तिका बारेमा केस स्टडिज पनि विद्यार्थीलाई अध्यापन गराउनु पर्छ । आज सानो सानो लगानीबाट सुरुवात भएको उद्यम भोलिका दिनमा विशाल हुँदै जान्छ भन्ने सोच विद्यार्थीमा बीजारोपण गर्नु पर्छ । 

पाठ्यव्रmम निर्माणपश्चात् विद्यार्थीलाई व्यवसाय सुरुवातको बारेमा जानकारी दिनका लागि उद्यमशीलता केन्द्रको स्थापना गर्र्नु पर्छ । यस्तो केन्द्र स्थापनाले विद्यार्थीलाई सिप विकास कार्यशाला, प्राविधिक तालिम र व्यवसाय प्रवर्धन जस्ता गतिविधिका बारेमा जानकारी दिने गर्छ । यस्तो केन्द्रले विभिन्न उद्योगी र व्यववसायीलाई बोलाएर उनीहरूका अनुभव सुन्ने र विद्यार्थीलाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्ने कार्य गर्नु पर्छ । यस्तो केन्द्र कलेजहरूकै सव्रिmयतामा स्थापित हुनु पर्छ । 

आजका विद्यार्थीले संसार बुझेका हुन्छन् । नयाँ ज्ञान सिक्नका लागि अनेकानेक प्लेटफर्मसमेत प्रयोग गरिरहेका हुन्छन् । यस्तो अवस्थामा कलेजले एकोहोरो पाठ्व्रmमलाई रटान लगाउने मात्रैभन्दा पनि विद्यार्थीका नयाँ सोच र सिर्जनात्मक कुरालाई पनि महìव दिनु पर्छ । कलेजले विद्यार्थीमा व्यावसायिक योजना तथा नवप्रवर्तनसम्बन्धी प्रतियोगिता आयोजना गर्नु पर्छ । यस्ता विद्यार्थीलाई योजनाका आधारमा लगानीका साथै पुरस्कृतसमेत गर्न सकियो भने विद्यार्थीमा सिर्जनात्मक सोचका लागि उत्प्रेरणा बढ्ने देखिन्छ । 

हाम्रा कलेजहरूले सजिलै गर्न सक्ने अर्को काम भनेको विभिन्न व्यावसायिक व्यक्ति र उद्योगीसँग सहकार्य गर्नु हो । अहिले कैयौँ उद्योगहरूले दक्ष जनशक्ति प्राप्त गर्न नसकिरहेको गुनासो सुनिन्छ । कलेजले बजारको आवश्यकतालाई सम्बोधन गर्ने खालको जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका व्यक्तिहरूसँग सहकार्य गरेर यस्तो कार्यलाई अगाडि बढाउन सकिन्छ । यसरी उत्पादन भएको जनशक्ति बजारका लागि टिक्न र बिक्न सफल हुन्छ । यसरी विभिन्न उद्योगसँग सहकार्य गरेपछि विद्यार्थीले पढेको कुरा व्यवहारमा लागु गर्न र केही आम्दानीसमेत गर्न सक्षम हुने देखिन्छ । 

यतिबेला अधिकांश विद्यार्थीमा एक खालको भाष्य निर्माण भएको छ । राम्रो योजना भएर मात्रै के गर्नु त्यसलाई कार्यान्वयन गर्नका लागि लगानी नै हुँदैन भन्ने खालको गुनासो विद्यार्थीमा छ । कलेजले विभिन्न स्रोत पहिचान गरेर विद्यार्थीको व्यवसायका लागि अनुदान वा स्टार्टअप लगानी कार्यक्रम सञ्चालन गर्नु पर्छ । यसका लागि सस्तो दरमा ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थासँग सहकार्यसमेत गर्न सकिन्छ । 

हामीकहाँ सामाजिक उद्यमशीलताको अभाव छ । कलेजले स्थानीय समुदायसँग सहकार्य गरेर विभिन्न सामाजिक उद्यमशीलताका परियोजना सञ्चालन गर्न सक्छ । मानौँ कुनै ठाउँमा कृषि उत्पादनमा समुदाय लागिरहेको छ भने त्यसलाई उचित बजारीकरणका लागि व्यवस्थापन सङ्कायका विद्यार्थीले योजना निर्माण गरेर संयुक्त रूपमा काम गर्न सक्छन् । यस्ता उदाहरण अनेक खालका हुन सक्छन् । 

आज विद्यार्थी स्वदेशमै नरोकिनुका पछाडि हामीले केही न केही त्रुटि अवश्य गरेका छाँै भन्ने नै हो । शिक्षा पद्धतिलाई यहीस्वरूपमा राखेर विद्यार्थी यही रोकिउन् भन्ने सोच्नु मूर्खतासिवाय केही पनि होइन । यस कारण हामीले नयाँ ढङ्गले अब उच्च शिक्षालाई अगाडि बढाउन सकेनौँ भने हाम्रा कलेज विद्यार्थीबिनाका खाली कोठामा रूपान्तरण हुने निश्चित छ । 

Author

वसन्त आचार्य