• २० माघ २०८१, आइतबार

समुदायद्वारा संरक्षित सिमसार

blog

प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन् २०२५ मा साझा भविष्यका लागि सिमसार संरक्षणको नारासहित मनाउन लागिएको छ । बोलीचालीको भाषामा कहिल्यै जमिन नदेखिने र पानी कहिल्यै नसुक्ने क्षेत्रलाई सिमसार भनिन्छ । वैज्ञानिक परिभाषामा सजीवहरूको जीवन निर्धारण गर्ने पानीको प्रमुख भूमिका रहने वातावरणलाई वा पारिस्थितिक प्रणालीलाई सिमसार भनिन्छ । सन् १९७१ मा सम्पन्न रामसार महासन्धि अनुसार जमिनको दल दल क्षेत्र, निरन्तर (स्थायी वा अस्थायी) रूपमा बगिरहने पानी, गतिशील पानी तथा जमेको वा स्थिर पानीको क्षेत्र, प्राकृतिक तथा कृत्रिम पोखरी वा ताललगायत सामुद्रिक पानी जहाँ सामान्यतया छ मिटरभन्दा कम उचाइको ज्वारभाटा चलिरहने क्षेत्रलाई सिमसार भनिन्छ । 

रामसार महासन्धिले सिमसार क्षेत्रलाई ४२ प्रकारमा परिभाषित गरी वर्गीकरण गरेको छ । नेपालमा सिम (धाप), ताल, नदी वा खोला, धानखेत, पोखरी र जलाशय गरी कुल छ प्रकारका सिमसार अभिलेख गरिएको छ । विश्वको कुल भूभागको कति क्षेत्रफल सिमसारले ढाकेको छ भनी यकिन तथ्याङ्क प्राप्त नभए पनि संयुक्त राष्ट्रसङ्घ वातावरण कार्यक्रम (युनेप) द्वारा प्रकाशित आँकडा अनुसार विश्वको लगभग छ प्रतिशत क्षेत्रफल सिमसारले ओगटेको अभिलेख पाइन्छ भने नेपालमा पनि ५.५९ प्रतिशत क्षेत्रफल सिमसार रहेको अभिलेख छ । 

सिमसारको महìव ः विश्वमा सिमसार क्षेत्रको पारिस्थितिक प्रणालीले विभिन्न सेवा प्रदान गरेको छ । यस प्रणालीले आधारभूत सेवा जस्तै खाना, पानी, ऊर्जा र अन्य कच्चा पदार्थ उपलब्ध गराउने सेवालाई प्रबन्धक वा प्रोभिजनल सेवा भनिन्छ । उदाहरणका लागि विश्वका दुई तिहाइ माछा उत्पादन र एसियाका प्रमुख बाली यही सिमसारबाट हुन्छ । खानेपानीको प्रमुख स्रोत नै सिमसार हो । सिमसारले जलवायु नियमन, परागसेचन, विपत् पहिचान तथा न्यूनीकरणलगायत किरा र रोग नियन्त्रण गर्ने सेवा प्रदान गर्छ । यस किसिमको कार्यलाई नियमकारी सेवा भनिन्छ । 

पारिस्थितिक प्रणालीभित्रका सञ्चालित विभिन्न प्रव्रिmयालाई खास गरी खाद्यचक्र, जलचक्र, अक्सिजन चक्रलगायतका विभिन्न प्रव्रिmयालाई कायम राखी सहयोगी भूमिको खेलिरहन्छ । यस किसिमका सेवालाई सहयोगी सेवा भनिन्छ । मानवीय अधिकांश गतिविधि जन्मदेखि मृत्युसम्मको कर्म सिमसार वा नदीको आसपासमा गरिन्छ । आर्थिक, धार्मिक तथा आध्यात्मिक गतिविधि पनि सिमसारसित सम्बन्धित हुन्छन् । त्यसैले सिमसार क्षेत्रलाई मानव जीवनलाई प्रेरणाको स्रोत मानिन्छ । सिमसारले शिक्षा, मनोरञ्जन, प्रेरणा, भ्रमणलगायत अन्य मानवीय सांस्कृतिक वा अभौतिक पक्षलाई पनि सहयोग गर्छ । यस किसिमको सहयोगलाई सांस्कृतिक सेवा भनिन्छ ।

सिमसार विनाश ः विगत एक शताब्दी सन् १९०० देखि १९९५ सम्मको अवधिमा ताजा पानीको उपयोग छ गुणाले बढेको छ । आजसम्म विश्वभरका एक तिहाइ मानिस पानीको चापमा बॉचिरहेका छन् । अबको केही वर्षपछि दुई तिहाइ मानिसले यो समस्या सामना गर्नुपर्ने भविष्यवाणी वैज्ञानिकले गरेका छन् । जलवायु परिवर्तनले सिमसार क्षेत्रको जैविक तथा जलचव्रmीय प्रणालीमाथि तीव्र गतिमा ह्रास वा विनाश भइरहेकोे छ । यसको संरक्षण समयमा नै नगरेको अवस्थामा सिमसार पुनस्र्थापन गर्न महँगो मूल्य पर्ने सजिलै अनुमान लगाउन सकिन्छ । 

नेपालको सन्दर्भमा अधिकांश सिमसार क्षेत्र तीव्र गतिमा मासिँदै गएका छन् । सिमसार क्षेत्रको विनाशका लागि मानवीय अतिव्रmमण, रासायनिक प्रदूषण, मिचाहा प्रजातिको प्रवेश र सिल्टेसनलगायतका कारणलाई प्रमुख मानिन्छ । यीमध्ये कुनैमा सबै र कुनैमा एकभन्दा बढी कारणले सिमसार मासिने क्रम बढिरहेको छ । बस्ती नजिकमा पर्ने कतिपय सिमसार मानवीय गतिविधि खास गरी बस्ती निर्माण, खेतपाती गर्ने, खेलमैदान, विद्यालय, मठ मन्दिर, माछापालनलगायत अन्य पूर्वाधार निर्माण कार्यले मासिएका छन् । 

संरक्षणमा नेपालको प्रयास ः विगत पाँच दशकदेखि नेपालले रामसार महासन्धिको पक्ष राष्ट्रमा सहभागी भई सिमसार संरक्षण गरेको भए पनि प्राथमिकतामा नपरेको विभिन्न अध्ययन तथा सरकारका कार्यक्रमले प्रमाणित गर्छन् । नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत भई संरक्षण गुरुयोजना बनाएर संरक्षणको प्राथमिकतामा ल्याउन प्रयास गरिए पनि आशातित परिणाम प्राप्त हुन सकेको छैन । अझ सरकारी संरक्षणको दायरभित्र नपरेको क्षेत्रमा गैरसरकारी वा समुदायमा आधारित संरक्षण तथा पर्यटन प्रवर्धन तथा व्यवस्थापन समिति गठन गरी बस्ती नजिकका सिमसार संरक्षण गरिरहेका धेरै उदाहरण छन् । तीमध्ये पूर्वी नेपालका खास गरी मोरङ, सुनसरी र झापा जिल्लाका केही महìवपूर्ण सिमसार क्षेत्रको अवलोकन गर्ने अवसरमा सङ्कलन गरेको सूचनालाई समावेश गरी तयार पारिएको सिमसार संरक्षणमा समुदायको पहलबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । 

बेतना सिमसार ः मोरङ जिल्लाको बेलवारी नगरपालिका–४ मा अवस्थित वेतना सिमसार जैविक विविधताको दृष्टिकोणले एक महìवपूर्ण सिम क्षेत्र हो । यो विगत दुई दशकभन्दा बढी समयदेखि समुदायद्वारा संरक्षण हुँदै आएको छ । समुद्र सतहबाट लगभग १२३ मिटर उचाइमा रहेको बेतना सिमसार क्षेत्र लगभग १८२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो लगभग १०० भन्दा बढी प्रजातिका जलीय वनस्पति र ४९ भन्दा बढी प्रजातिका जलीय पन्छीको बासस्थान पनि हो । यहाँ सन् २०२३ मा विश्वमा दुर्लभ मानिने सरिसृप वर्गको नरम खपटे कालो कछुवा भनी पहिचान भएको थियो । यो प्रजातिका कछुवा संरक्षणको दृष्टिकोणले अति सङ्कटापन्न वर्गमा पर्छ । यो प्रजाति नेपालबाहेक भारतको आसाम राज्यको काजिरा क्षेत्र खास गरी भारत र बङ्गलादेश भई बग्ने बाह्मपुत्र नदीको किनार क्षेत्रको सिमसारमा पाइने छ । 

बेतना सिमसार इटहरी बजारबाट १५ किमी पूर्वमा र वेलबारी बजारबाट लगभग देखि एक किमी पश्चिमको बिचमा पूर्वपश्चिम राजमार्गसित जोडिएको छ । सालघारीको बिचमा विद्यमान ताल न्यूनतम आधा मिटरदेखि दुई मिटर गहिराइका छन् । यी तालले माछापालन, सिँचाइलगायत अन्य वातावरणीय सेवा प्रदान गरेका छन् । यसको अतिरिक्त पर्यटकलाई मनोरञ्जन प्रदान गर्न डुङ्गा सवार, बल्छी खेल्ने, जङ्गल सफारीलगायतका गतिविधिको सुविधा पनि छ । सिमसार क्षेत्रमा आगन्तुक प्रवेश शुल्कलाई सिमसार संरक्षणमा उपयोग गरिएको छ । सिमसार क्षेत्रको माथिल्लो भेगमा बुद्धकालीन पुराताìिवक महìवका सामग्रीको अवशेष भेटिएको पुरातìव विभागले जानकारी दिएपश्चात् वेतनाको महìव अझ बढेको सिमसार व्यवस्थापन समितिका व्यवस्थापक धनबहादुर वान्तवा बताउनुहुन्छ । 

जामुनखाडी सिमसार ः झापा जिल्लाको कनकाई नगरपालिकाको वडा नं. २ र ५ मा जामुनखाडी सिमसार क्षेत्र पर्छ । जामुनखाडीले ओगटेका २५ हेक्टर सामुदायिक वनमध्ये १० हेक्टर क्षेत्रफलमा वनसहितको ताल छ । विगतमा यहाँ गङ्गा र जमुना नामका दुई वटा ताल रहेको भन्ने विश्वास गरिन्छ । गङ्गा ताल सुकेर गयो तर जमुना बाँकी रहेकाले यसलाई जामुनखाडी सिमसार भनी चिनिन्छ । यसलाई जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको छ । यस ताल संरक्षणका लागि सानो प्राणी उद्यान, डुङ्गा सवारी, वनभोज स्थललगायतका मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरी समितिले पर्यटकलाई आकर्षित गरेको छ । यही पर्यटक प्रवेश शुल्कद्वारा सङ्कलित रकम सिमसार संरक्षण तथा विकासका लागि प्रयोग गरेको पाइन्छ ।

जलथल सिमसार ः यस सिमसार क्षेत्रलाई नेपालको एक मात्र ‘एनग्रोभ फरेस्ट’ का रूपमा लिने गरिन्छ । झापा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका र हल्दीबारी गाउँपालिकाभित्र पर्ने ६०१ हेक्टर क्षेत्रफलमा जलथल सिमसार फैलिएको छ । जलथल सिमसार संरक्षणमा २२ वटा समुदायिक वन उपभोक्ता समितिमार्फत लगभग ८० हजार आदिवासी जनजाति समुदाय संग्लन छन् । यो सिमसार क्षेत्रको वन जैविक विविधताले धनी मानिन्छ । एक अध्ययन अनुसार यहाँ लगभग ५५० प्रजातिका वनस्पति, ४० प्रजातिका उन्युँ, २८ प्रजातिका स्तनधारी, २४० प्रजातिका चराचुरुङ्गी, १४ प्रजातिका उयभचर, ३२ प्रजातिका सरिसृप, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा अभिलेख गरिएको छ । नेपालमा पाइने छ सय काठ प्रजातिका वनस्पतिमध्ये १५० प्रजातिका वनस्पति काठका रूपमा प्रयोग गरिँदै आएको छ । यस क्षेत्रलाई रुखहरूको राजधानी पनि भनिन्छ । यस जलथल सिमसार क्षेत्रका वनबाट ४७ प्रजातिका वनजन्य फलफूल, ३५ प्रजातिका वनस्पति परम्परागत जडीबुटीमा प्रयोग, १७ प्रजातिका वनस्पति वनजन्य तरकारी र ७० प्रजातिका वनस्पति डाले घाँसको रूपमा प्रयोग गर्दै आएको छ । जलथल क्षेत्र धार्मिक तथा मनोरञ्जनका रूपमा पनि महìवपूर्ण मानिन्छ । 

केचनकवल सिमसार ः यो सिमसार नेपालको सबभन्दा होचो भाग अर्थात् समुद्र सतहबाट लगभग ५८ मिटर उचाइ रहेको केचनकवल सिमसार हो । लगभग ५ विघा वा तीन वर्ग किमिमा फैलिएको सिमसार कचनकवल गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक सिमसार क्षेत्र हो । पूर्वी सिमानाको किनारमा रहेको र नेपालको सबभन्दा होचो स्थानका रूपमा पहिचान गर्ने स्तम्भ तालको बिचमा छ । यस स्तम्भलाई राज वीरेन्द्रले विसं २०४५ उद्घाटन गरेको स्मारक पनि छ । गाउँपालिकाले संरक्षण गर्ने योजना रहेको सोही गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई बताउनुहुन्छ ।

निचाझोडा सिमसार ः पूर्वपश्चिम राजमार्गको लगभग तीन किलोमिटर दक्षिणतर्फ निचाझोडा सामुदायिक वन उपभोक्ता समितिद्वारा यो सिमसार क्षेत्रलाई संरक्षण गरेको छ । मेची नगरपालिकाको १३ र १४ वडामा अवस्थित यो सिमसार क्षेत्र लगभग २२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस सिमसार क्षेत्र वरपर २० वटा वनभोज स्थल उपयोगमा छन् भने गत वर्ष लगभग एक लाख ५० हजार पर्यटक विभिन्न उद्देश्यका लागि प्रवेश गरेको सूचना समितिका अध्यक्ष चन्द्र सिग्देलले जानकारी दिनुभयो । यसको प्रमुख आम्दानीको स्रोत नै पर्यटक प्रवेश शुल्क हो । स्थानीय सरकार, प्रदेश सरकारको सामान्य लगानी रहेको छ । 

सालबारी सिमसार ः झापा जिल्लाको अर्जुनधारा नगरपालिकाको वडा ९ मा अवस्थित सालबारी सिमसार लगभग ३६ हेक्टर क्षेत्रफलभित्र पर्छ । पूर्वपश्चिम राजमार्गको विर्तामोडदेखि उत्तरतर्फ घना वनसहितको यो सिमसारलाई समुदायले संरक्षण गरेको छ । व्यवस्थापनको दृष्टिकोणले यस क्षेत्रलाई जैविक विविधता संरक्षण, सहिद पार्क, पर्यटन प्रवर्धन र सामुदायिक विकास गरी चार खण्डमा विभाजन गरिएको छ । जैविक विविधता अन्तर्गत कछुवा संरक्षण गर्न कछुवा उद्धार केन्द्र स्थापना गरिएको छ । 

हाल यस केन्द्रमा १० प्रजातिका कछुवा छन् । चर्चित झापा आन्दोलनका सहिदको सम्झनामा सहिदको प्रतिक वा मूर्ति सहितको सहिद पार्क छ । पर्यटन प्रवर्धन गर्न वनभोज स्थललगायत मौसमी फूलका प्रजाति सहितको रङ्गिन फूल, जडीबुटीसहितको बगैँचा निर्माण गरिएको छ । पार्कलाई आवश्यक पर्ने भौतिक पूर्वाधार विकास गरी समुदायको सव्रिmय सहभागितामा वनसहितको सिमसार क्षेत्रको संरक्षण गरिएको छ । वार्षिक रूपमा लगभग दुई लाख आगन्तुकले भ्रमण गर्ने अभिलेख छ । यसरी सामुदायिक वन उपभोक्ता समितिद्वारा समग्र रूपमा जैविक विविधता, सिमसार संरक्षणलाई टेवा पु¥याउन पर्यटन प्रवर्धनसमेत समावेश गरिएको छ । यसका लागि सामुदायिक वन उपभोक्ता समितिद्वारा विभिन्न समिति बनाइएको छ ।

अन्त्यमा माथि उल्लिखित अधिकांश वनभित्रका सिमसार क्षेत्रका आआफ्नै विशेषता छन् । यीबाहेक अन्य सिमसार पनि पूर्वी नेपालमा छन् । सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटन कार्यक्रममार्फत सिमसार संरक्षण गरेका छन् । रामसार महासन्धिले तय गरेको पहिलो लक्ष्य सिमसारको विवेकपूर्ण उपयोग गरी सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्य अनुसार सिमसार संरक्षण गरिरहेको छ । उल्लिखित अधिकांश सिमसारमा सरकारी अनुदान लगानी कम भएको पाइन्छ । बदलिँदो विश्व वातावरण खास गरी जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सिमसारको पनि महìवपूर्ण भूमिका छ । विश्वको सम्पत्तिमा रहेको सिमसार क्षेत्रलाई समुदायले अपनत्व ग्रहण गरिरहेको पाइन्छ । समुदायलाई संरक्षणको सिप तथा ज्ञान अभिवृद्धि गर्नु जरुरी छ । 

Author

जुद्धबहादुर गुरुङ