सन्तोष राउत
सोलुखुम्बु, माघ १८ गते । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा (एमाले) निकट मानिने कर्मचारी सङ्गठनको ‘सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔँ’ भन्ने नाराका भएको १२ औँ अधिवेशनले उपाध्यक्षमा उमादेवी राई, सचिवमा लक्ष्मण कार्की, सहसचिवमा विनोद निरौला र कोषाध्यक्षमा मनोजकुमार महतो सर्वसम्मत चयन हुनुभएको छ ।
प्रदेश प्रतिनिधिमा शरणलाल दास केवरत, केन्द्रीय प्रतिनिधिमा छत्रबहादुर खड्का, फडिन्द्र खत्री, महेश भण्डारी, रेखा राजभण्डारी, गङ्गाबहादुर कटवाल चयन हुनुभएको छ । अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभास शाहको उपस्थिति रहेको थियो । हाल सङ्गठनमा ३१६ जना सदस्य आबद्ध रहेको जनाइएको छ ।