• १८ माघ २०८१, शुक्रबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, माघ १८ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपियाँ ३१ पैसा र बिक्रीदर १३८ रूपियाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिदर १४३ रूपियाँ ७६ पैसा र बिक्रीदर १४४ रूपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपियाँ ९३ पैसा र बिक्रीदर १७२ रूपियाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रूपियाँ २१ पैसा र बिक्रीदर १५२ रूपियाँ ८७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिदर ८६ रूपियाँ १३ पैसा र बिक्रीदर ८६ रूपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपियाँ र बिक्रीदर ९६ रूपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रूपियाँ ३४ पैसा र बिक्रीदर १०२ रूपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपियाँ ९५ पैसा र बिक्रीदर आठ रूपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपियाँ ०७ पैसा र बिक्रीदर १९ रूपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपियाँ ८७ पैसा र बिक्रीदर ३७ रूपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपियाँ ९४ पैसा र बिक्रीदर ३८ रूपियाँ १० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपियाँ १० पैसा र बिक्रीदर चार रूपियाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपियाँ ६६ पैसा र बिक्रीदर ३७ रूपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपियाँ ४८ पैसा र बिक्रीदरट ३१ रूपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रूपियाँ ५९ पैसा र बिक्रीदर नौ रूपियाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपियाँ ५४ पैसा र बिक्रीदर १२ रूपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपियाँ २७ पैसा र बिक्री दर १९ रूपियाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपियाँ ७५ पैसा र बिक्रीदर १७ रूपियाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रूपियाँ ३७ पैसा र बिक्रीदर ४५० रूपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रूपियाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपियाँ ४९ पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूपियाँ २५ पैसा र बिक्रीदर ३६० रूपियाँ ८१ पैसा तथा भारतीय रूपियाँ १०० को खरिदर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस