गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । बाबुसाहेब बलामी निर्देशित द्वन्द्वप्रधान चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको छ । चलचित्रमा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनील थापा, ह्यारी जोस, रवीन्द्र झालगायतको अभिनय रहेको छ । भारतीय अभिनेता ह्यारी जोस पनि चलचित्रमा विशेष भूमिकामा देखिनुभएको छ ।
मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहनुभएको चलचित्र अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको छ । चलचित्रको कथा नीराजन मेहता मन्जिलको रहेको छ भने श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाङ्कन, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य निर्देशन रहेको छ । चलचित्रमा मनोहर सुनामको सङ्गीत र बन्दे प्रसादको सम्पादन रहने छ ।