• १२ पुस २०८१, शुक्रबार

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

blog

गण्डकी,  जेठ ३ गते ।  स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि हुनुहुन्छ भने  एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उहाँलाई पछ्याउनुभएको छ । महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।