• १९ पुस २०८१, शुक्रबार

प्रदर्शनमा ‘पूर्णबहादुरको सारङ्गी’

blog

काठमाडौँ, कात्तिक २० गते । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर प्रदर्शनमा आएको छ । गन्धर्व समुदायको पुख्र्यौली पेसा, उनीहरूको सङ्घर्ष, प्रेम, विछोड, र शैक्षिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएका चलचित्रले गन्धर्व समुदायले समाजमा झेल्नु परेका चुनौती उजागर गरेको छ । समाजले गन्धर्व समुदायप्रति गर्ने व्यवहार र एक पिताले आफ्नो छोरालाई ठुलो मान्छे बनाउन गरेको सङ्घर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

सरोज पौडेलको कथा र निर्देशनमा बनेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र प्रकाश सपुत मुख्य भूमिकामा हुनुहुन्छ । बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी र जान्वी पौडेलले पनि सशक्त अभिनय प्रस्तुत गर्नुभएको छ । चलचित्रमा प्रशान्त शिवाकोटीको सङ्गीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी र मेलिना राई, पुष्पन प्रधान तथा प्रशान्त शिवाकोटीको स्वर समावेश गरिएको छ ।