• १० मंसिर २०८१, सोमबार

यार्चागुम्बा: भरपर्दो आयस्रोत

blog

कुनै पनि देशको चौतर्फी विकासका लागि विपुल सम्भावनाको व्यावहारिक उपयोग गर्न नितान्त आवश्यक छ । यस सन्दर्भमा वनस्पति पनि महìवपूर्ण सम्भावना भएको एक क्षेत्र हो । यसको के कति महìव छ भन्ने कुरा यार्चागुम्बाको उच्च बजार, मूल्य र भागबाट प्रस्ट हुन्छ ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँ विभिन्न किसिमका जडीबुटी पाइन्छन्, जसमध्ये यार्सागुम्बा पनि एक हो । यसलाई छोटकरीमा यार्चा भनिन्छ, जसको स्वरूप आधा वनस्पति र आधा किरा जस्तो हुन्छ । यो जाडोमा किरा र गर्मीमा घाँस बन्छ । त्यसैले यसलाई एक अनौठो प्रजातिको मिश्रित जीव मानिन्छ ।

झन्डै दुई शताब्दीअघि चीनका तियान भन्ने व्यक्तिले यार्चागुम्बालाई सर्वप्रथम एक शक्तिवर्धक जडीबुटीका रूपमा प्रमाणित गरेका थिए । त्यसपछि विश्वका केही देशमा यसको सेवन बिस्तारै बढ्न थाल्यो र केही वर्षपछि यसलाई एक महँगो जडीबुटीका रूपमा मान्न थालियो । विशेषतः यार्चागुम्बाको खास बजार हङकङ र ताइवान हो तर हाल सिङ्गापुर र तिब्बतमा पनि यसको व्यापार बढ्न थालेको छ । यसको माग विश्वभरि नै दिनदिनै बढिरहेको छ । विशेष गरी यो नेपाल, भुटान र चीनका केही प्रान्तमा पाइन्छ ।

नेपालको हिमाल र पहाडी जिल्लाको ठन्डा ठाउँ र लेकमा यो पाइन्छ । खास गरी जुम्ला, मुगु, डोल्पा, मुस्ताङ, म्याग्दी, दार्चुला, बझाङ, रसुवा, गोर्खा, रुकुम र लमजुङमा यो पाइने हुनाले यी जिल्लामा प्रत्येक वर्ष हजारौँ व्यक्ति यार्चागुम्बा सङ्कलनका लागि जम्मा हुन्छन् । केही दशकयता यो जडीबुटी स्थानीय व्यक्तिका लागि मात्र नभई यसको व्यापार गर्ने व्यक्तिका लागि पनि एक भरपर्दो आयस्रोत बनेको छ ।

नेपालमा यार्चागुम्बा वैशाखदेखि साउनसम्म सङ्कलन गरिन्छ तर यो काम सोचे अनुरूप सहज छैन । एकातर्फ यसको पहिचान गर्न सजिलो छैन भने अर्कातर्फ एक किलो यार्चागुम्बा जम्मा गर्न सात÷आठ जनालाई सरदर एक महिना लाग्छ । यसका लागि धेरै परिश्रम र धैर्य चाहिन्छ ।  नेपाल अति कम विकसित राष्ट्र भएकाले यहाँका हिमाली र पहाडी जिल्लामा गरिबी जताततै व्याप्त छ । सरकारले गरिबी न्यूनीकरणका लागि केही प्रयास गरे पनि आजसम्म पनि यहाँका जनतालाई जीविकोपार्जन गर्न कठिन छ । यसै सन्दर्भमा यार्चागुम्बा सङ्कलनले यहाँका जनतालाई जीविकोपार्जन गर्न केही सघाएको छ ।

केही वर्षयता हिमाली तथा पहाडी जिल्लामा प्राथमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत यार्चागुम्बा सङ्कलनमा संलग्न हुन थालेका छन् । फलतः यी जिल्लामा विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबारे सरकारको लगानी केही मात्रामा भए पनि खेर गए पनि स्थानीय जनताको जीवनयापनका लागि आवश्यक भएको छ । प्रत्येक वर्ष यार्चागुम्बा सङ्कलन गर्न जाने व्यक्तिले खाने र बस्ने समस्या सामना गर्नु परेको छ । तसर्थ उनीहरूमध्ये केही बिरामी हुन्छन् भने केही अकालमा मर्छन् । 

अन्तर्राष्ट्रिय बजारमा यार्चागुम्बाको माग तीव्र रूपले बढेकाले यसको मूल्य पनि निकै नै बढेको छ तर सबै यार्चागुम्बाको गुणस्तर समान नहुनाले सबैको मूल्य समान हुँदैन । गुणस्तरको एक किलो यार्चागुम्बा अन्तर्राष्ट्रिय बजारमा १० लाख रुपियाँसम्ममा बिव्रmी हुन्छ । यसले व्यक्ति तथा देशलाई धेरै फाइदा हुन्छ ।

नेपालको यार्चागुम्बा खास गरी ताइवान, हङकङ, सिङ्गापुर र तिब्बतमा निर्यात गरिन्छ तर विगतमा यसलाई तिब्बतमा निर्यात गर्दा बढी फाइदा भएको थियो किनभने नेपालमा प्राप्त हुने यार्चागुम्बाको मूल्य अन्य देशको तुलनामा केही बढी छ ।

यार्चागुम्बालाई बहुउपयोगी जडीबुटी मानिए पनि यो कुन कुन कामका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आजसम्म पनि कुनै पनि देशमा अनुसन्धान गरिएको पाइँदैन । यद्यपि केही वर्षयता आयुर्वेदमा यसको प्रयोग बढेकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेको हो तर भविष्यमा यसको उपयोगिताबारे अध्ययन अनुसन्धान गर्न नितान्त आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु जरुरी छ ।

केही वर्षअघि नेपालका हिमाली तथा पहाडी जिल्लामा प्रशस्त मात्रामा यार्चागुम्बा पाइन्थ्यो तर पछिल्ला वर्षमा जलवायु परिवर्तन तथा अवैज्ञानिक तरिकाले सङ्कलन गर्नाले यी जिल्लामा यार्चागुम्बाको उत्पादन घट्न थालेको छ । केही जिल्लाका केही ठाउँमा त सङ्कलन गर्न जाने धेरै व्यक्ति रित्तो हात पनि फर्कनु परेको छ । त्यसैले भविष्यमा यार्चागुम्बा 

सङ्कलनकर्तालाई सम्बन्धित स्थानीय निकायमार्फत वैज्ञानिक तरिकाबाट सङ्कलन गर्ने ज्ञान दिन आवश्यक छ । अन्यथा उक्त जडीबुटी बिस्तारै लोप हुँदै जान सक्छ ।

आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ तर केही समयअघि रुस र युव्रmेनबिच भएको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आपूर्तिमा कमी जस्ता कारण मुद्रास्फीति उच्च रहनुका साथै बैङ्कको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ ।

निःसन्देह विश्व अर्थतन्त्रले झेल्दै आएको उच्च मुद्रास्फीतिको स्थितिमा केही सुधार नभएको होइन । यद्यपि कर्जाको मूल्यमा अनिश्चितता, रुस र युव्रmेनबिच जारी रहेको युद्ध आर्थिक मन्दीको सामना गर्न नीतिगत लचकताका कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ । 

आजसम्म विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भूराजनीतिक तनावका कारण इन्धन तथा अन्य वस्तुको मूल्यवृद्धि अझसम्म पनि कायमै छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँको अर्थतन्त्रमा सुधार ल्याउन यार्चागुम्बा जस्ता जडीबुटीको उपयोगले महìवपूर्ण भूमिका खेल्न सक्छ । 

यथार्थतः यार्चागुम्बा नेपालको सम्पत्ति हो । यसबाट यहाँको अर्थतन्त्रमा केही योगदान पुग्ने हुनाले यसको संवर्धन तथा प्रवर्धन गर्न नितान्त आवश्यक छ, जसका लागि सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।


Author

केबी बस्नेत