• ३० असोज २०८१, बुधबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

 १. बेलायतस्थित ग्लोबल बैङ्किङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैङ्किङ सिइओ अफ द इयर २०२४ बाट कसलाई सम्मानित गर्‍यो ?

अनिर्भन घोष दस्तिदार (सिइओ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क)

२. सामाजिकी सेवा दिवस कहिले मनाइन्छ ? 

असोज ६ गते

२०८१ को नारा : सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास सङ्घ संस्थाको रोजाइ,

गैरसरकारी क्षेत्रबाट सञ्चालित सामाजिक कार्यलाई सङ्गठित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३४ असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष असाजे ६ गते यो दिवस मनाइँदै आएको छ । 

३. दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट छनोट भएको चलचित्र कुन हो ? 

शाम्बाला

मीनबहादुर भाम निर्देशित चलचित्र कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । 

४. श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ? 

अनुरा कुमारा दिसानायके

सन् २०२४ सेप्टेम्बर २२ मा उनी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । 

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको प्रक्रिया अवलम्बन गरिएको हो । 

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनमा पराजित हुन पुगे । 

५. विश्व शान्ति दिवस कहिले मनाइन्छ ? 

सेप्टेम्बर २१

६. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? 

अखण्ड भण्डारी (अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक) र नेपाल प्रेस इन्स्टिच्युट (संयुक्त रूपमा)

पुरस्कार राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । 

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार बद्री सिग्देललाई प्रदान गरियो । पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ । 

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गरिएको छ । 

७. बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ? 

विसं २०८१ असोज ४–५

सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रह्यो । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरियो । 

८. प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ? 

विसं २०८१ असोज ४ (स्वदेश फिर्ता : असोज १४)

९. साउथ एसियन ट्राभल अवार्डस् (साटा), २०२४ मा भिजिटर्स च्वाइस अवार्ड अन्तर्गत गोल्ड अवार्ड जित्ने एयरलायन्स कुन हो ? 

श्रीलङ्कन एयरलायन्स

१०. मिस युनिभर्स इन्डिया–२०२४ को उपाधि कसले जितिन् ? 

रिया सिङ्घा

११. सन् २०२४ सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र कुन हो ? 

दि स्कुल वाल (नेपाल)

लाइट अफ दी वल्र्ड नाराका साथ आयोजित सो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका ३४९१ चलचित्रमध्ये ‘दि स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो । 

प्रतियोगितामा भारत दोस्रो र अमेरिकाको चलचित्रले तेस्रो स्थान प्राप्त गरे । 

दि स्कुल वालमा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । 

यस लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराई मूलका बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । 

१२. प्राचीनकालमा कर्णाली क्षेत्रलाई के भनिन्थ्यो ?

स्वर्णप्रस्थ 

११ औँ शताब्दीपछि यसलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भन्न थालियो । 

कर्णाली नदीलाई रैथाने तिब्बती भाषामा ‘माप्चा खम्बाब’ भनी सम्बोधन गरिन्छ । 

१३. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

परी

१४. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

फादर विलियम बर्क (कृति : सही शब्द, विसं २०५१)

१५. २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ? 

लक्ष्मण गाम्नागे

भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिएको छ । 

दुवै पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।

५१,१११ ।– रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरियो । 

१६. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रदूषण शुल्क शीर्षकमा कहिलेदेखि कर लगाउँदै आएको छ ?

आव २०६५/६६ 

१७. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

सन् २०२१–२०३०

१८. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

ब्राजिल 

१९. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ सेप्टेम्बरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति रहने अनुमान छ ? 

४.९ प्रतिशत

एडिबीद्वारा सेप्टेम्बर २५ मा सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट आउटलुकमा उक्त प्रक्षेपण गरिएको हो । 

आव २०८०/८१ का लागि एडिबीको प्रक्षेपण अनुमानित ३.९ प्रतिशत थियो । 

२०. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि भएको हो ?

विसं २०२२ पुस १

२१. राष्ट्र बैङ्कका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ ? 

आव २०८०/८१

हालसम्म आधार वर्ष २०७१/७२ को अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको थियो । 

चालु आव २०८१/८२ को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैङ्कले जनाएको (२०८१ असाजे ९ मा) छ ।

राष्ट्र बैङ्कका अनुसार अब ५२५ वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिने छ । हालसम्म ४९६ वटा वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो । केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएका छन् । 

अब ७७ जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिने छ । हालसम्म ५० जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो । 

२२. नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०६७ भदौ २८

२३. प्रधानमन्त्री क्रिश्चियन भए राष्ट्रपति मुस्लिम राष्ट्रपति क्रिश्चियन भए प्रधानमन्त्री मुस्लिम हुने देश कुन हो ?

लेबनान 

२४. ब्लु इकोनोमी भन्नाले के बुझिन्छ ?

समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल 

२५. सरकारले याक दिवसका कुन दिन मनाउन तय गरेको छ ? 

वैशाख ७

विसं २०८१ असोज २ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । 

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । 

याक अनुवांशिक स्रोतकेन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको हो । 

प्रस्तुतकर्ता : टङ्क केसी