• २१ वैशाख २०८१, शुक्रबार

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन :डा कोइराला

blog

मोरङ, वैशाख ३० गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान केन्द्रमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता नटुटने उहाँले प्रष्ट पार्नुभयो ।

नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै  नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन  राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गर्नुभयो ।