• ३० भदौ २०८१, आइतबार

दश लाखभन्दा बढी अफगानीलाई मानवीय सहायता

blog

काबुल, भदौ २९ गते । अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसलाई मानवीय सहायता वितरण गरेको छ ।

“गत वर्ष १४ लाख ३० हजार भन्दा बढी जोखिममा परेका र प्रभावित मानिसले आर्थिक, खाद्यान्न र गैर–खाद्य सहायता प्राप्त गरेका छन्,” रेड क्रिसेन्टका उपमहासचिव अब्दुल लतिफ साबितले भन्नुभयो ।

अफगानिस्तान सरकारले जहिले पनि जोखिममा परेकालाई आत्मनिर्भर बन्न मद्दत गर्नका लागि काम र रोजगारीका अवसरहरू उपलब्ध गराउने आवश्यकतामा जोड दिएको छ ।

अफगान रेड क्रिसेन्ट सोसाइटीको वार्षिक प्रतिवेदन अनुसार ‘भेन्ट्रिकुलर सेप्टल डिफेक्ट’बाट पीडित करिब दुई हजार २१२ जना बालबालिकाले उपचार पाएका र झण्डै ६० लाख अन्य बिरामीले गत वर्ष स्वास्थ्य सेवा पाएका छन् ।

अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तानभरि स्वास्थ्य क्षेत्रसहित सार्वजनिक सेवाहरू सुधार गर्ने वाचा गरेको छ । यहाँ देशका अधिकांश भागहरूमा सर्वसाधारणका लागि स्वास्थ्यको पर्याप्त पहुँच पुगेको छैन । रासस, सिन्ह्वा