• २३ भदौ २०८१, आइतबार

अटो इन्जिनियरिङ कलेज स्थापना गर्न प्रतिवेदन सार्वजनिक

blog

प्रतिवेदन सार्वजनिक गर्दै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष लगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, भदौ २३ गते ।
 बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’स्थापना गर्ने योजना अगाडि बढाएको छ ।बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो ।

बुटवलमा पत्रकार सम्मेलनमा गरेर प्रतिवेदन सार्वजनिक गर्दै एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बुटवलमा सो कलेज स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहेको बताउनुभयो ।

न्यौपानेले बुटवलमा प्राविधिक धारको कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटक पटक आवाज उठाउँदै आएको जिकिर गर्नुभयो । बुटवलमा रहेको अटो भिलेजमा हाल एक हजारभन्दा बढी व्यवसायीहरू रहेको जनाइएको छ ।

जसमा आठ हजारभन्दा बढी कर्मचारीहरूले रोजगारी पाएको अटो इन्जिनियरिङ एसोसिएसनको तथ्याङ्क छ ।  यसमध्ये करिब २ प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् ।

अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरूले काम गर्दै आएको बताइएको छ ।