• २२ भदौ २०८१, शनिबार

छोरीलाई बाबाको चिठी

blog

छोराछोरी जन्माई हुर्काई बराबरी पढायौँ

बिहे गर्ने बेला भयो डोली चढायौँ 

छोरी दिँदा पाले पुण्य मारे पाप नभनौँ ।

छोरीहरू पढेलेखे कमजोर नदेखौँ ।

शिक्षा मात्र दिएर हुन्न अब छोरीलाई

पराई घरको व्यवहार पनि बुझौँ बरिलै ।

पराई घरका परिवार श्रीमान् कस्तो छ

नढाँटेर भन छोरी जस्तो जस्तो छ ।

पराई घरका परिवार श्रीमान् पनि खराब

त्यस्तो भए तिम्रो जीवन हुन्छ बर्बाद ।

अत्याचार पीडा सही एकछिन बस्न पर्दैन

तिमी खुसी भए हाम्रो मुटु जल्दैन ।

तिम्रो हाम्रो इज्जत जान्न जन्मघर फर्केर

बस्न हुन्न पराई घरका पीडा सहेर ।

जति हक छ छोराको त्यति हक छ छोरीको 

दाजुभाइ दिदी बहिनी बराबरी हो ।

एउटै कोखमा बसेका एउटै थालमा खाएको

बुझ्नु पर्छ सुख छ कि दुःख पाएको ।

भन्न प¥यो बाबाले एउटै घरमा बसौँला

बाँडीचुँडी जस्तो जे छ पेट भरौँला ।

कैलेसम्म दुःख पाउने हो त छोरीहरूले

यस्तै चिठी पठाई दिनोस् बाबा हजुरले ।

   

Author

नीरा पराजुली