• २ माघ २०८१, बुधबार

तीज पर्व असमानता अन्त्य गर्न अग्रसर: उपसभामुख राना

blog

काठमाडौं, भदौ २१ गते । उपसभामुख प्रतिनिधि सभा  इन्दिरा रानाले हिन्दु महिलाहरूको सांस्कृतिक पर्व तीजले असमानता अन्त्य गर्न तर्फ अग्रसर हुने बताउनुभएको छ । उहाँले हिन्दु महिला दिदीबहिनीहरूले भव्य रूपमा हरितालिका तीज मनाउन शुभकामना दिनुभएको छ । 

दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना दिनुहुँदै एकताबद्ध बनाउन, लैङ्गिक समानता र महिलाहरूको हक अधिकारका लागि आवाज उठाउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको बताउनुभयो । 

तीज पर्वले साथीसँगी, परिवार एवम् आफन्तजनबिचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्नसमेत मद्दत पुर्‍याउँछ । नेपाली मौलिक संस्कृति र सामाजिक परम्पराको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । 

तीजले महिलाहरूलाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानता.को अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सक्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।