• ८ माघ २०८१, मङ्गलबार

खुला तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारलाई

blog

खुला एकल तीज नृत्य प्रतियोगिताका विजेताहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २० गते । हरितालिका तीजको अवसरमा नेपालगन्जमा आयोजित खुला एकल तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारले हात पार्नुभएको छ । बास नेपालको आयोजनामा भएको प्रतियोगितामा २६ जना प्रतियोगीलाई पछि पार्दै परियारले प्रथम स्थान हासिल गर्नुभएको हो । 

प्रथम स्थान हासिल गरेसँगै उहाँले नगद ३० हजार रुपियाँ, प्रमाणपत्र र ट्रफी हासिल गर्नुभयो । यसैगरी प्रतियोगितामा द्वितीय स्थान सुदिक्षा घर्तिमगरले हासिल गर्नुभयो भने तृतीय स्थान प्रतिभा बैगारले हासिल गर्नुभयो । प्रतियोगितामा द्वितीय  स्थान हासिल गर्न सफल सुदिक्षाले नगद २० हजार रुपियाँ, प्रमाण पत्र र ट्रफी तथा तृतीय स्थान हासिल गर्न सफल प्रतिभाले नगद १० हजार रुपियाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नुभयो । 

सोही प्रकारले प्रतियोगितामा उत्प्रेरणा पुरस्कार मिरा खनालले हासिल गर्नुभयो । खनालले नगद ५ हजार रुपियाँ प्राप्त गर्नुभयो । सो प्रतियोगितामा पुरस्कार प्राप्त गर्न सफल प्रतियोगीहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, केन्द्रीय सचिव दिला शाह र निर्णायकको भूमिकामा रहनुभएका मौसमी राना मगर, सुमन थापा र सीमा धिमालले नगद, प्रमाणपत्र र ट्रफी वितरण गर्नुभयो ।  

कार्यक्रममा बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, युवा उद्यमी राजकुमार गिरी, बासका पूर्व केन्द्रीय सदस्य रीता कोइराला, किंगस एजुकेशनल कन्सल्टेन्सी प्रालिका प्रमुख खगेन्द्र वली, सनराइज एकेडेमी अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्टका प्रमुख रमेश खनाल, गायक बलु तामाङलगायतले तीजको माैलिकता जोगाएर मनाउनुपर्नेमा जोड दिनुभयो ।