• १३ असोज २०८१, आइतबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन् ?

पलेशा गोवर्धन 

उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् ।

पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् ।

उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।

पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशाले सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउने छन् । 

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार पारा ओलम्पिकमा व्यक्तिगततर्फ कांस्य पदक जित्नेलाई ६५ लाख रुपियाँ पुरस्कार दिने व्यवस्था छ । यसै गरी पारा ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपियाँ र रजत जित्नेलाई ९७ लाख रुपियाँ प्रदान गरिने प्रावधान रहेको छ । 

नेपालले पारा ओलिम्पकमा सन् २००४ को एथेन्स र ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो । 

ग्रीष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा सम्पन्न २४ औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले सो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा उक्त पदकको गणना गरिएको थिएन । 


२. २०८० को मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

मोहन मैनाली (कृति : मुकाम रणमैदान) 

मुकाम रणमैदान नेपाल–अङ्गे्रज युद्धको इतिहास हो । 

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि निम्नानुसार पाँच वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो :

डम्फुको आत्मालाप (कथासङ्ग्रह) : भक्त स्याङतान

नुन–तेल (गैर आख्यान) : जीवन क्षेत्री

भावलिपि (प्रेमपत्र सङ्ग्रह) : भावेश भुमरी र प्रणिता चामलिङ

मुकाम रणमैदान (इतिहास) : मोहन मैनाली 

सन्त्रासका साठी दिन (उपन्यास) : रोशन थापा ‘नीरव’

यस वर्ष पुरस्कारका लागि ३०४ वटा कृति प्राप्त भएका थिए । 

२०८० को जगदम्बाश्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । सिरहाका स्थायी बासिन्दा भाषाशास्त्री प्राध्यापक यादवका भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागको प्रमुख बनेका यादवले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञका रूपमा समेत कार्य गरेका छन् । 

दुवै पुरस्कारको राशि चार–चार लाख रुपियाँ रहेको छ ।

२०७९ सालको मदन पुरस्कार विवेक ओझा (उपन्यासः ऐठन) र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।

मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको छ ।


३. नेपाली सेनाको सेनापतिमा को नियुक्त हुनुभएको छ ?

अशोकराज सिग्देल 

राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालिरहनु भएका सिग्देललाई २०८१ भदौ १२ गते प्रधान सेनापति नियुक्त गर्नुभएको हो । भदौ २४ देखि लागु हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गरिएको हो । 


४. नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो ?

धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक) 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २०८१ भदौ ११ मा भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको हो ।

२०७५ सालदेखि स्वस्थ सहर बनाउने अभियान सुरु गरिएको धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्नका लागि डब्लुएचओले विसं २०७८ देखि अनुगमन सुरु गरेको थियो ।

एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहर भएसँगै नगरपालिकाले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । 

स्वस्थ सहर घोषणाको औपचारिक प्रमाणपत्र आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहबिच नगरपालिकाले प्राप्त गर्ने जनाइएको छ ।


५. सन् २०२४ अगस्टमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

बङ्गलादेश 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ ले स्तब्ध बनाएको छ ।

बङ्गलादेशको यो उमेर समूहमा पहिलो उपाधि हो ।

बङ्गलादेशका मिराजुल इस्लाम सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर घोषित भए । 

घरेलु टिम नेपालले फेयरप्ले अवार्डको सम्मान प्राप्त ग¥यो ।


६. हङकङ साहित्यिक साझा शृङ्खलाले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ को स्थापना कहिले गरेको हो ?

विसं २०८१ भदौ

हङकङ बाहिर रहेर नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई सो पुरस्कार प्रदान गरिने छ ।

सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा शृङ्खलाले ‘शृङ्खला’ साहित्यिक सङ्गालो प्रकाशन र मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ । 

यस पुरस्कारको राशि ४५ हजार ५०५ रुपियाँ रहेको छ ।


७. २०८१ को युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ?

रङ्गकर्मी केदार श्रेष्ठ

बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पु¥याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको राष्ट्रिय युवा कोषले जनाएको छ ।

राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झानामा २०४३ सालमा स्थापित सो पुरस्कार ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिन्छ । यस 

पुरस्कारको राशि ४० हजार रुपियाँसहित स्वर्ण पदक रहेको छ । 

८. मिस्टर नेपाल–२०२४ को उपाधि पाउने को हुन् ?

सन्तोष लोक्सम (झापा) 

लोक्समले नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

भदौ ८ गते सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल–२०२४ विजेता भए । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल–२०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ भए ।

प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बने । 


९. इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनुयुक्त वडा घोषणा कहिले गरिएको हो ?

विसं २०८१ भदौ

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।


१०. द बेस्ट बैङ्क इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित नेपालको ख वर्गको वित्तीय संस्था कुन हो ?

गरिमा विकास बैङ्क 

भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैङ्किङ कन्क्लेभ एन्ड अवार्डबाट बैङ्क सम्मानित भएको छ ।


११. स्विट्जरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा बोक्कालिनो डि ओ अवार्ड जित्ने अभिनेतृ को हुन् ?

थिन्ले ल्हामो (चलचित्र शाम्बाला)

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालामा थिन्ले मुख्य पात्रको भूमिकामा रहेकी छन् ।

शाम्बालामा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी थिइन् ।


१२. चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ?

विसं २०८१ साउन ३२


१३. नेपाल सरकारद्वारा मुख्य सचिवमा कसलाई नियुक्त गरियो ?

एकनारायण अर्याल

 

१४. २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

प्रा. प्रेमशान्ति तुलाधर 

सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 

नेपाल भाषा साहित्य शिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपाल भाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यसहित ३९ वर्षअघि वैकुण्ठ लाकौल पुरस्कार स्थापना गरेका थिए । 


१५. सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?

आव २०७७/७८–२०८७/८८

सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्ष अघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू :

सङ्घीयता कार्यान्वयन सहजीकरण 

सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन

स्थानीय पूर्वाधार विकासमा सहजीकरण 

सेवा प्रवाह र सुशासन 


१६. एफटिटिएचको पूरा रूप के हो ?

फाइबर टु द होम 


१७. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

सिङ्गापुर


१८. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ रहेको छ ? 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा 


१९. संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ? 

सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा

उक्त पुस्तक द्वन्द्वकालमा हेलिकोप्टर उडानका क्रममा उनले भोगेका अनुभूतिमा आधारित रहेको छ । 

थापाको उक्त पुस्तक नेपाली भाषामा छ वर्षअघि नै प्रकाशन भएको थियो । सोही पुस्तकमा अन्य केही घटना र प्रसङ्ग थपेर अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको हो । 


२०. २०८१ सालको फेडोल उत्कृष्ट सम्मान कसलाई प्रदान गरियो ? 

शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर)


२१. जेबी टुहुरे स्मृति पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

खुसीराम पाख्रिन

पाख्रिनलाई मरणोपरान्त सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

जेबी टुहुरे प्रतिष्ठानद्वारा २०७९ सालदेखि गीतसङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरूलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गरिँदै आएको छ ।

२०७९ सालमा पहिलो पटक यो अवार्ड ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई प्रदान गरिएको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी