• ११ मंसिर २०८१, मङ्गलबार

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

blog

जयकृष्ण यादव 

इनरुवा, भदौ १४ गते । सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाका कोशी गाउँपालिका-४ निवासी अख्तर मियाँको १८ वर्षीया छोरा अक्रम मियाँकाे चट्याङ लागेर मृत्यु भएको हो । 

चट्याङ लागेर गम्भीर घाइते भई न्युरो सप्तकोशी अस्पताल उपचार क्रममा मियाँको निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिनुभयो । मृतकको शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ चट्याङ लागेर घाइते हुनुभएको छ । 

उहाँको न्युरो कोशी अस्पतालमा उपचार भएको जनाएको छ । घाइते हदिस निको भएर घर फर्कनुभएको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा बिहीबार मियाँ चट्याङ लागेर घाइते भएको दुवैको सप्तकोशी न्युरो अस्पताल भोक्राहा नरसिंहमा उपचारका लागि भर्ना भएको थियो ।