• १६ भदौ २०८१, आइतबार

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

blog

काठमाडौँ, भदौ १४ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम तय गर्नुभएको छ । उहाँले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुगेर आम नागरिकसँग संवाद गर्ने र स्थानीयबासीको गुनासो सुन्नुहुने भएको छ । 

जस अन्तर्गत पहिलो पटक शुक्रबार बिहान भक्तपुर दरबार स्क्वायर जानुहुने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ ।