• १३ भदौ २०८१, बिहिबार

इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

blog

गाजापट्टी, भदौ १२ गते । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् ।

गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् । गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४० हजार ४३५ पुगेको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल