• ९ भदौ २०८१, आइतबार

पहिरोले घरमा क्षति

blog

शनिबार बेलुका गएको पहिरोले क्षतिग्रस्त बनाएको खेजेनिमका पूर्ण शेर्पाको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वर्षासँगै गएको पहिरोले एक घरमा क्षति पुगेको छ । शनिबार साँझपछि सुरु भएको वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका –२ खेजेनिमका स्थानीय पूर्ण शेर्पाको घरमा क्षति भएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार घर माथिदेखि झरेको पहिरोले ढुङ्गा, माटो र जस्तापाताको प्रयोग भई बनेकोे शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरो झर्न सुरु भएकाे थाहा पाएपछि शेर्पा परिवारका सदस्यहरु भागेकाले मानवीय क्षति हुन नपाएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

पहिरोले घर क्षतिग्रस्त बनाएपछि पीडित अर्थात शेर्पाको परिवार अहिले सुरक्षित ठाउँमा छिकेकीको शरण लिएर बस्नुभएको छ । यता पहिरोले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको पनि गाउँपालिकाले जनाएको छ । यसअघि गत असार पहिलो साता खेजेनिममै पहिरो जाँदा गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगाउँदा बाबु, आमा र दुई बहिनी चार जनाको ज्यान गएको थियो ।