• ३२ साउन २०८१, शुक्रबार

चिकित्सक दम्पतिकाे परोपराकी मन

blog

वसन्त पराजुली 

नारायणगढ, साउन ३२ गते । चितवनका एक चिकित्सक दम्पत्तीले एक करोड रुपियाँ अक्षय कोष बनाउने गरि ट्रष्ट घोषणा गर्नुभएको छ । 

दन्त चिकित्सकद्वय डा.अजय न्यौपाने र उहाँकी श्रीमती डा.सरु थापाले शिक्षा, स्वास्थ्य, बातवरण खेलकुद  र कला संस्कृतिका क्षेत्रमा काम गर्नेगरि शुक्रबार सौराहामा आयोजित कार्यक्रममा सो ट्रष्ट घोषणा गर्नुभएको हो । 

डा.अजय, डा.सरु फाउण्डेशन नाम रहेको सो ट्रष्टमा पहिलो चरणमा १० लाख रुपियाँ अक्षय कोषमा र १० लाख रुपियाँ विभिन्न सेवा मुलक कार्यमा खर्च गरिने कार्यक्रममा जानकारी दिईयो । ट्रष्टका अध्यक्ष डा.न्यौपानेले अक्षय कोषमा वर्षेनी १०/१० लाख रुपियाँ थप गरेर एक करोड रपियाँ बनाईने जानकारी दिनुभयो । 

नारायणगढमा साई राम डेण्टल अस्वताल सञ्चालन गर्नुभएका चिकित्सकद्वयले आफ्नो आम्दानी ट्रष्टमा खर्च गरिने बताउनुभयो । सेवाका लागि गरिने खर्चमा बाहिरवाट आर्थिक सहयोग नलिईने पनि उहाँले जनमउनुभयो । 

ट्रष्ट मार्फत विद्यार्थीलाई छात्रवृत्ति, असाहायलाई नि:शुल्क उपचार र विभिन्न सस्कृतिको संरक्षणका योजनामा खर्च गरिने पनि बताईएको छ । यस्तै ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर जस्ता कार्यक्रम पनि ट्रष्टले आयोजनाा गर्ने छ । 

ट्रष्टले पहिलो वर्षमा २० जना विद्यार्थीलाई १० हजार रुपियाँका दरले छात्रवृत्ति र पाँच जना शिक्षकलाई १० हजार रुपियाँका दरले सम्मान गर्ने योजना पनि अघि सारेको छ ।