• २७ साउन २०८१, आइतबार

माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै भारतका विदेश सचिव विक्रम मिस्री ।

काठमाडौँ, साउन २५ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले भेट गर्नुभएको छ।प्रचण्डको निजी निवास खुमलटार पुगेर आइतबार साँझ विदेश सचिव मिस्रीले भेटवार्ता गर्नुभएको हो। 

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डलका सदस्य सहभागी हुनुभएको प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ। 

भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी प्रचण्डको निजी सचिवालयले जनाएको छ।