• १६ साउन २०८१, बुधबार

अब्बल विद्यार्थी नेपालमै रोक्न सरकारसँग के योजना छ ?

blog

राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल

काठमाडौं, साउन १५ गते । राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेलले गएको आर्थिक वर्षमा मात्र एक लाख १२ हजार ४९३ अब्बल (ए वान) विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालयमा गएको बताउनु भएको छ । 

राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार एक खर्ब ४२ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ भन्नुभयो ।

यस्तो तथ्य र तथ्याङ्कले मुलुकको चुनौतिपूर्ण भविष्यको संकेत गरेको हुँदा नेपालमै टिक्ने र बिक्ने जनशक्ति उत्पादन गर्न शिक्षा मन्त्रालयको नीति, योजना र कार्यक्रम के रहेको छ भनी सरकारसँग जवाफ माग गर्नुभयो । 

२०७१ सालमा करीब ११ लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । यस वर्षको एसइईमा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी मात्र सहभागी भए । करीब ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र ती विद्यार्थीहरुलाई समुन्नत नेपालको मार्गचित्रमा डोराउने सरकारको कस्तो नीति, योजना र कार्यक्रम छ भनी शिक्षा मन्त्रीको जवाफ माग गर्नुभयो ।