• १६ साउन २०८१, बुधबार

‘महिला आन्दोलनको सहखोजी’ पुस्तक विमोचित

blog

कार्यक्रममा सामुहिक रुपले पुस्तक लोकार्पण गर्दै महिला ।

चाँदनी आचार्य

काठमाडौं, साउन १५ गते । महिलाबादी दृष्टीकोणबाट परिवर्तनका लागि भएका आन्दोलनमा सहभागी महिलाको जीवन भोगाइ, संघर्ष र योगदानका कथाहरुको सङ्गालो ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक लोकार्पित भएको छ । 

द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागको सहकार्यमा मंगलबार काठमाडौंमा सो पुस्तक विमोचन गरिएको हो ।  राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्राध्यापक डा. विन्दु पोखरेल, पूर्वमन्त्री हिसिला यमी, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभाग प्रमुख डा. सुदिपसिंह नकर्मी र लेखकले सामुहिकरुपमा पुस्तक विमोजन गर्नुभयो । 

देशका विभिन्न जिल्लामा रहेका २१ जना पत्रकार तथा लेखक महिलाले विभिन्न विषयमा गहिरिएर खोजी गर्दै लेखेका २२ वटा आलेखहरु पुस्तकमा समावेश गरिएको छ ।  द स्टोरी किचनको अनलाइन संस्करण ‘सन्धान’ मा विभिन्न चरणमा प्रकाशित ती आलेखलाई पुस्तकमा समेटिएको छ । 

बरिष्ठ पत्रकार हरिकला अधिकारी, जया लुइ‘टेल, राजन पराजुलीले सम्पादन गर्नुभएको सो पुस्तक सन्धान फेलो पत्रकार तथा लेखकले तयार पारेको आलेखहरुको संग्रह हो । 

द स्टोरी किचनका अध्यक्ष जया लुइटेलको सभाअध्यक्षतामा भएको कार्यक्रममा महिलाबादी समाजशास्त्री डा. मिना पौडेलले राजनीतिक, सत्ता परिवर्तन भए पनि सामाजिक सांस्कृत रुपान्तरण नभएको अवस्थामा पुस्तकले दस्तावेजको रुपमा काम गर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा लेखक अमृता अनमोल, उन्नती चौधरी, चाँदनी आचार्य, कैलाश राई, गगनशिला खड्का, दिलमाया शाही, निरासी धामी, प्रकृती दाहाल, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महतो, मानमती पाण्डे, विद्या राई, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुंगाना तथा मेन्टरहरु रिता शाह, प्रतिमा गुरुङ, डा. अरुणा उप्रती, सिमा खान, सरु जोशीलगायतलाई सम्मान गरिएको थियो ।