• १२ मंसिर २०८१, बुधबार

एमाले सचिवालय बैठक बिहीबार बस्ने

blog

काठमाडौँ,  साउन १४ गते । नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । रासस