• १४ साउन २०८१, सोमबार

बढ्यो झारनाशक विषादीको प्रयोग

blog

सिन्धुलीमाढी, साउन १४ गते । सिन्धुली जिल्लाका किसानहरू झारनाशक विषादीप्रति आकर्षित भएका छन् ।

झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । कमलामाई नगरपालिका–१० निवासी किसान भीममणि बरालले यो वर्ष रोपाइँ गर्दा आफूले १५ कट्ठा जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गाड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।”

कृषि विकास कार्यालयका प्रमुख अरुण खनाल पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ ।