• १२ साउन २०८१, शनिबार

जहाज दुर्घटना : क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ११ गते। काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका क्याप्टेन मनिसरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ। 

कलजेका निर्देशक प्रा. डा. मीना थापाले विज्ञप्ति सार्वजनिक गर्दै क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार देखिएको जानकारी दिनुभएको हो। 

उहाँका अनुसार क्याप्टेन शक्यको ढाडको देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको  छ। 



बुधबार काठमाडौँबाट पोखरातर्फ जाने क्रममा सौर्य एयरको  जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा क्याप्टेन शाक्यलाई घाइते अवस्थामा उद्दार गरिएको थियो। अस्पतालका अनुसार उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ। 

यो पनि पढ्नुहोस

सौर्य जहाज दुर्घटनाको प्रत्यक्ष दृश्य