• ८ साउन २०८१, मङ्गलबार

बागमतीको मुख्यमन्त्रीमा लामाको नियुक्ति आजै, बुधबार शपथ

blog

बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा तामाङ। तस्बिर: राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, साउन ८ गते। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) लाई आजै मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरिनेभएको छ।

लामाले सरकार गठनका लागि मंगलबार दिउँसो दाबी पेस गरेसँगै आजै साँझ ५ बजेपछि लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष दाबी पेस गरिएको हो। 

मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस भएको हो। 

बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेस गर्न दलहरूलाई मङ्गलबार साँझ ५ बजेसम्मका लागि समय दिइएको छ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।