• ७ साउन २०८१, सोमबार

माछा मार्नेक्रममा एकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, साउन ७ गते । झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

स्थानीय १९ वर्षीय मौसम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाम सूर्योदय नगरपालिका –१३  लक्ष्मीपुर घर भई दमकमा बस्दै आउनुभएका राई सोमबार दिउँसो २ बजेको समयमा करेन्ट लगाएर माछा मार्नेक्रममा घाइते हुनुभएको थियो । 

घाइते राईको उपचारका लागि दमक आम्दा अस्पतालमा लगिएकोमा उपचारका क्रममा सोहिदिन साढे ३ बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।