• ७ साउन २०८१, सोमबार

बिपीको विचार चिरस्थायी : मुख्यमन्त्री पाण्डे

blog

पोखरा समाचारदाता

पोखरा, साउन ७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपी कोइरालाको विचारलाई चिरस्थायी राख्नका लागि मुलुकमा राजनीतिक स्थिरता कायम हुनुपर्ने बताउनुभएको छ । ४२ आँै बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुस्तकालयद्वारा आयोजित कार्यव्रmममा उहाँले सो कुरा बताउनुभएको हो । 

बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति विषयक गोष्ठीमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीति कुर्सी र सत्ताका लागि मात्र नभएर जनताको जीवनस्तर परिवर्तन गर्नका लागि पनि हो । स्व. बिपी कोइरालाको दूरदृष्टिका कारण नेपालमा लोकतन्त्र आएको छ, यसलाई गम्भीर भएर नेपाली जनतासमक्ष प्रतिफल दिन सक्नुपर्ने अवस्था आएको छ ।”

नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनप्रति लक्षित गर्दैै उहाँले अहिलेको गठबन्धनले पनि स्थायित्व दिन सकेन भने मुलुकमा झनै राजनीतिक सङ्कट आउने बताउनुभयो । प्रदेश सरकारले चार दिनमा बजेट बनाएको वृत्तान्त राख्ँदै उहाँले कहिले कुन सरकार आउने र कसले बजेटको स्वामित्व स्वीकार गर्ने जस्ता राजनीतिक एजेन्डाले नागरिकमा नकारात्मक सन्देश दिएको बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुव्रmराज शर्माले प्रजातन्त्रमा नै सबै क्षेत्र समेटिने भएकाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउनुभयो । उहाँले बिपी कोइराला नेपालको मात्र नभई विश्वको नेता भएको स्मरण गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कांग्रेसको मात्र नभई युगले मागेको साझा नेता भएको स्मरण गर्नुभयो । वामपन्थी नेता राजनीतिज्ञ एवं वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बिपीले भारत र चीनसँग मात्र नभई बेलायत र अमेरिकासम्म परराष्ट्र नीतिलाई आफ्नो पक्षमा राखेको बताउनुभयो । 

प्राडा कुसुमाकर न्यौपानेले राजनीतिसँगै नेपाली साहित्यमा पनि मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित रहेको बताउँदै यस क्षेत्रमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । कवि शिव त्रिपाठीले विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेको स्मरण गर्नुभयो ।