• ६ साउन २०८१, आइतबार

पत्रकारितामा आकर्षण र निरन्तरताका लागि दुर्घटना बिमा

blog

दुर्घटना बिमाको पोलिसी हस्तान्तरण गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, साउन ६ गते ।
 रुकुमपश्चिमका क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमले महासङ्घका साधारण सदस्यहरू र जिल्लामा क्रियाशील सदस्यहरूको दुर्घटना बिमा गरेको हो ।

महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीका अनुसार ६४ जना पत्रकारहरूको बिमा गरिएको हो । शिखर इन्सोरेन्स कम्पनी लिमिटेडमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले एक करोड ६० लाख बराबरको बिमा गरिएको हो । बिमाका लागि पत्रकारहरूले कुनै पनि शुल्क तिर्नुपरेको छैन ।

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारहरूलाई कामका लागि प्रोत्साहन हुने विश्वास लिइएको अध्यक्ष केसीले जनाउनुभयो । नयाँलाई पत्रकारितामा आकर्षण र क्रियाशील पत्रकारहरूलाई यस पेसामा टिकाउनका लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको जनाएको छ ।

दुर्घटना बिमा शुल्क बापतको रकम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा घर भई हाल अमेरिकामा रहनुभएका गोर्ख कुसारीले सहयोग गर्नुभएको हो । गत वर्ष पनि महासङ्घले जिल्लाका ५४ जना पत्रकारहरूको दुर्घटना बिमा गरेको थियो ।