• २ साउन २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन २ गते । छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारतको चम्पावत जिल्ला मिनाबजार बनबासा बस्ने वर्ष ३० का चाँद कुरैसी र अर्का एक नाम, थर, वतन नखुलेका व्यक्ति छन् ।

चाँदले चलाएको यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका –४ सिँचाइ कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा छाडा चौपायासँग ठोक्किएको थियो । 

दुर्घटनामा गम्भीर चाँदलाई उपचारका लागि महाकाली अस्पताल लग्दा चिकित्सकले मृत भएको घोषणा गरेको जनाइएको छ । यसैबिच आज बिहान दोधारा चाँदनी नगरपालिका –४ चाँदनीस्थित पक्की सडकखण्डमा यूके ०६ बीएच ४८७५ नम्बरको मेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार एक जनाको ज्यान गएको छ । 

मृतकको नाम, ठेगाना, वतन नखुलेको प्रहरीले जनाएको छ । सो घटना अर्का एक जना गम्भीर घाइते हुनुभएको छ । घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।