• १ साउन २०८१, मङ्गलबार

अफगानिस्तानमा सडक दुर्घटना : १७ जनाको मृत्यु, ३४ घाइते

blog

अफगानिस्तान, साउन १ गते । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताउनुभयो । 

मङ्गलबार बिहान खिन्जान जिल्लामा लापरवाहीपूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् । उनीहरुका अनुसार महिला र बालबालिकासहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए । रासस/सिन्ह्वा