• १९ असोज २०८१, शनिबार

नारायणीमा बाढी, सतर्कता अपनाउन आग्रह

blog

बाढी आएको नारायणी नदी । तस्वीरः शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार २२ गते । अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

जल मापन केन्द्र देवघाटले शनिबार बिहान ११ बजे दिएको जानकारीअनुसार १०ः ४० बजे गरिएको मापनमा पानीको सतह सात मिटर ३९ सेन्टीमिटर पुगेको जनाएको छ । जवकी सात मिटर ३० सेन्टिमिटरभन्दा माथिको सतहलार्इं सचेत तहको रुपमा मानिन्छ । नौ मिटरभन्दा माथिलाई खतराको तह पार गरेको मानिन्छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गर्नु भएको छ ।