• १७ असार २०८१, सोमबार

दाङमा चट्याङ लागेर महिलाको मृत्यु

blog

लिलाधर वली

घोराही, असार १५ गते । दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । 

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० वर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिनुभएको छ । 

वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक भुमिसराको शव लमही अस्पतालमा राखिएको छ ।