• १७ असार २०८१, सोमबार

न्यायिक समितिलाई प्रभावकारी बनाइँदै

blog

रामधुनी नगरपालिकाले आयोजना गरेको सरोकारबालासंग न्यायिक समिति कार्यक्रममा सहभागी । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार १४ गते । सुनसरीको रामधुनी नगरपालिकाले न्यायिक समितिलाई प्रभावकारी बनाउँदै लगेको छ । साझेदारी नेपाल सुनसरीको सहजीकरण भएको सरोकारबालासँग न्यायिक समिति कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तारा थापाले समितिलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।

वडा–वडामा कानुनी शिविर, वडास्तरीय कानुनी साक्षरता कार्यक्रमसहित सचेतनामुलक कार्यक्रम र वर्षिक १२८ बढी मुद्दाको छिनोफानो गर्दै आएको बताउनु हुँदै समितिलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । 

शुक्रबार सम्पन्न भएका कार्यक्रममा नगर क्षेत्रका ५० बढी सरोकारबालाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बार एसेसिएसन सुनसरी बार इकाईका अध्यक्ष विरेन्द्र बस्नेतले नगरका सबै स्थानीय नागरिकलाई न्यायिक समिति र कानुनी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

उहाँले संविधानको धारा २१७ अन्तर्गत गठित न्यायिक समितिलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई खासगरी मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको बताउनुभयो । 

कार्यक्रममा सहजकर्ता मेघराज न्यौपानेले देशभरिका नगरपालिका तथा गाउँपालिकाका उपमेयर तथा उपाध्यक्षको संयोजनमा गठित न्यायिक समितिहरू व्यवस्थापन क्षमता तथा न्यायिक ज्ञानको अभावमा अपेक्षा अनुरूप प्रभावकारी बन्न नसकेको गुनासोलाई सम्बोधन गर्न सरोकारबालासँग कार्यक्रम गरिएको बताउनुभयो ।