• ७ कात्तिक २०८१, बुधबार

भीरबाट लडेर महिलाकाे मृत्यु

blog

जाजरकोट, असार ६ गते । जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु भएको छ । भेरी नगरपालिका–१ खहरे पाखा की ५१ बर्षीया पानमता सुनारको  घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला  भीर बाट लडेर मृत्यु भएको हो । 

वडाध्यक्ष दीपक रानाका अनुसार हिजो दिउँसो नजिकै घाँस काट्न गएको बेला लडेर  गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनु भयो ।

जाजरकोटमा रुख र भिर वाट लडेर बर्सेनि ५० भन्दा बढी नागरिकहरूको अकालमा ज्यान जाने गरेको प्रहरीको भनाई छ ।

Author

सहदेव बस्नेत