• १२ मंसिर २०८१, बुधबार

धिमे बाजा बजाउन सिकाउँदै नगरपालिका

blog

धिमे बाजा बजाउनुअघि बाजाको पूजाआजा गरिँदै

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २८ गते । झापाको दमकमा नयाँ युवा पुस्तालाई धिमे बाजा बजाउन सिकाउनका लागि तालिम सुरु गरिएको छ । दमक नगरपालिकाको सहयोगमा नेवा: देय दबूँ नगर समितिको संयोजनमा तालिम सुरु गरिएको हो ।

नेवार संस्कृतिमा ‘गर्भदेखि चिहानसम्म’ यो बाजाको महत्त्व रहेको बताइन्छ । कुनै पनि चाडपर्व, पर्व वा अनुष्ठान सङ्गीत बिना चल्दैन । विशेषगरी नेवारहरू माझ धिमे सबैभन्दा लोकप्रिय र प्रचलित सङ्गीत हो । पछिल्लो समयमा विभिन्न औपचारिक कार्यक्रमहरूमा विभिन्न जातजातिहरूको भेषभूषा र बाजागाजा प्रस्तुत गर्ने क्रम पनि बढ्दै गएपछि यसप्रति आकर्षण पनि बढ्दो छ ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार स्थानीय सरकार स्थानीय जातजातिहरूको मौलिक संस्कृति र पहिचानको संरक्षणका लागि सधैँ तत्पर रहेको बताउनु भयो। नगरपालिकाले धिमाल जातीलाई पहिलो नाष्रिक घोषणा गरिसकेको उल्लेख गर्दै आफूहरू मौलिक संस्कृति जगेर्नाका लागि आवश्यक नीति नियम बनाएर अघि बढ्ने प्रतिबद्धता पनि भट्टराईले जनाउनुभएको छ ।

यहाँ रहेका सबै जातजातिहरूको मौलिक संस्कृति र पहिचानलाई सम्बद्ध गर्ने उद्देश्यले नेवार समुदायको लोकप्रिय धिमे बाजा बजाउने तालिम आयोजना गर्नका लागि सहयोग गरिएको उहाँले जनाउनुभयो । नयाँ पुस्ताहरू बाजा बजाउन आकर्षित देख्दा खुसी लागेको छ, उहाँले भन्नुभयो ।