• १३ मंसिर २०८१, बिहिबार

पहिरोले पुरिँदा ‘लोडर’ चालकको मृत्यु

blog

लमजुङ, जेठ २५ गते । लमजुङ मर्स्याङ्दी गाउँपालिका-६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सो आयोजनाकाे ४२ दशमलव ६० मेगावाट क्षमता छ । रासस