• १३ मंसिर २०८१, बिहिबार

नाम्जुङदेखि मनकामना जाने सडकखण्ड कालोपत्रे हुँदै

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ २५ गते ।
गोरखाको शहिद लखन गाउँपालिकाअन्तर्गत पर्ने नाम्जुङ–घैरुङ–ताक्लुङ– मनकामना जाने सडक कालोपत्रे हुने भएको छ । जिल्लाका आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका र भिमसेन थापा गाउँपालिकाका बासिन्दाहरु सडक बाटो भएर यात्रा गर्ने शहिद लखन गाउँपालिकाको–वडा नम्बर ६ को खगीदेखि वडा नं. ९ को छेलाङगी चोकसम्मको साढे तीन किलोमिटर सडकखण्ड कालोपत्रे हुने भएको शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार शहिद लखन गाउँपालिका र सङ्घीय समपुरक कोष योजना आयोगको सयुक्त साझेदारीमा सडक कालोपत्रे गर्ने काम भएकाले नाम्जुङ घैरुङ बतासे हुँदै मनकामनामा जाने कालोपत्रे सडक कालोपत्रे हुने भएको उहाँले बताउनुभयो ।

सडक बाटो भएर मनकामना दर्शन गर्न जाने यात्रुलाई लागि कम खर्चमा आबतजाबत गर्न सकिने भएको छ । कालोपत्रे हुने भएपछि स्थानियहरु खुशी भएका छन् । सडक मार्ग भएर मनकामना जाने यात्रुका लागि निकै कम खर्चमा मनकामनासम्म पुगिने भएकाले पनि स्थानियहरुलाई राहत हुने भएको छ ।

कालोपत्रे सडक योजनाका लागि सिनरर्जी सचेत जेभीसँग २०७९ साल असार १० गते सम्झौता भएर काम अघि बढेको शहिद लखन गाउँपालिकाका ईन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो । २०८१ साल मङ्सिर ११ गते काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि निर्माण कम्पनीले दु्रत गतिमा काम अघि बढाएकाले यहि असार महिनाको पहिलो हप्तामा काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

गण्डकी गाउँपालिका र संघिय समपुरक कोष योजना आयोगको नौ करोड ९८ लाख ७४ हजार २२० रुपियाँमा निर्माण कम्पनीबिच साढे तीन किलोमिटर सडक कालोपत्रे र एक साईडमा पक्की नाली बनाउनु पर्ने सम्झौतामा उल्लेख छ । कालोपत्रे सडकको सात मिटर चोडाइ सबग्रेड, सबबेश, बेश फाईनल भएकाले तोकिएको समय सिमाभन्दा ६ महिना पहिले कालोपत्रे हुन लागेको इन्जिनियर रानाभाटले बताउनुभयो ।