• १४ मंसिर २०८१, शुक्रबार

गिरिबन्धु टी-स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : कांग्रेस सांसद केसी

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी।

काठमाडौँ, जेठ २४ गते । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ । 

बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने काँग्रेसको चाहना रहेको बताउनुभएको हो । उहाँले गिरिबन्धु टी–स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताउनुभयो । उहाँले गिरिबन्धु टी–स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा काँग्रेस स्पष्ट रहेको बताउनुभयो ।

गिरिबन्धु टी–स्टेटको जग्गा कांग्रेसले बेचेको आरोप बारेमा स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताउनुभयो ।