• ११ मंसिर २०८१, मङ्गलबार

अफगानिस्तानमा डुङ्गा दुर्घटना : आठ जनाको मृत्यु, पाँच बेपत्ता

blog

अफगानिस्तान, जेठ २१ गते । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँचजना बेपत्ता भएका छन् । 

मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताउनु भयो । १३ जनाको उद्धार गरिएको छ भने अन्य पाँचजना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए ।

सिन्ह्वा,न्युज एजेन्सी नेपाल