• १२ मंसिर २०८१, बुधबार

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन

blog

लुम्बिनी प्रदेश सभा सदस्य माया पुनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन । तस्बिर :कमल खत्री

कमल खत्री
धम्बोझी, जेठ २१ गते ।
लुम्बिनी प्रदेश सभा सदस्य माया पुनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन गरिएको छ ।

नेपालगन्जमा भएको प्रथम अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा भुमा गुरुङ, रामशंकर चौधरी, सचिवमा दीपक श्रेष्ठ, रामलाल कुमाल, सह सचिवमा चित्रलाल तुलाचन र लीलादेवी छन्त्याल निर्वाचित हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सुमित्रा तामाङ, कृष्णबहादुर मगर, युवराज पल्ली मगर, नरमती राजकोटी, ओमकली, प्रेमबहादुर बुढा, गंगा राइ, सन्त बहादुर मकाजु, ममता राना मगर, उदयलाल थारु, कालिका रोका मगर, चत्रलधर थारु, सुशिला थारु, उर्मिला घानी, तारा थापा ढैगा मगर, अमर रेश्मी मगर, रुपा थापा पुन मगर, एक प्रसाद श्रेष्ठ, हरिमाया गुरुङ, आशा घर्ती मगर र दिपक पुन रहनुभएको छ ।

नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरको प्रमुख आथित्यमा भएको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।